मासु ब्यवसायी घिमिरेको शव फेला , हत्या वा आत्महत्या ?

बेलाटारी – मासु ब्यवसायी जिवलाल घिमिरे मृत फेला परेका छन् । सोमवार साँझ सेमरी पुगेर आउछु भनेर हिडेका घिमिरे मंगलवार मृत फेला परेका हुन । उनी एक दशक अघि देखि बर्दघाट ४ मा मासु पसल संचालन गर्दै आएका थिए । उनको शव उनको शव प्रतापपुर – वडा नं. ८ मा पर्ने फटकी टोल बस्ती बाट २ सय मिटरको दुरीमा शव फेला परेको थियो । शव झुन्डिएको ठाँउ बाट सय मिटरको दुरीमा उनको मोटरसाईकल पनि फेला परेको छ । त्यस्तै लु ४६ प ६१६१ नम्बरको मोटरसाईकल बाटोको छेउमै वेवारिशे अवस्थामा प्रहरीले फेला परेको थियो । यस्तै घिमिरेको पकेट बाट दुईवटा मोबाईल र नगद केही पैसा पनि भेटिएको प्रहरीले जनाएको छ । शवलाई सनाखत गरी पोष्टमार्टमको लागि काठमाण्डौं पठाइएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रकाश श्रीमलले बताए । उनी आफैं झुन्डीएर आत्महत्या गरेका हुन वा हत्या भएको हो भन्ने वारे प्रहरीले थप अनुसन्धानको प्रक्रिया अगाडि बढाएको जनाएको छ । त्यस्तै परिवारले हत्या भएको आँशका गरेकोले शवलाई टिचिङ अस्पताल काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले बताए । उहाँहरुले शंका गर्नुभएकोले शव काठमाण्डौ पठाइएको हो – थापाले भने ।
खसी पाठा ब्यापारी समेत रहेका उनलाई केही बर्ष पहिलो लेनदेनकै बिषयमा सिमाक्षेत्रमा अपहरण समेत गरिएको स्थानीयहरु बताउछन् ।
त्यस्तै मृतक घिमिरेका आफन्तले उनको हत्या भएको भन्दै आएका छन् । उनका छोरा रोशन घिमिरेले वुवाको हत्या भएको बताए । ड्याडी आत्महत्या गर्नै सक्नुहुन्न – बर्दघाटस्थित त्रिवेणी चोकमा आफन्त सहित भेटिएका उनले भने – घरमा पनि कुनै समस्या थिएन । रोशनले घरबाट हिडनु अघि बुवाले २ जनाबाट धम्की आएको कुरा आफूलाई सुनाएको बताए । मलाई धम्क्याएका छन् भनेर बुवाले मलाई भन्नुभएको थियो मैले कतै नजानुस भने – रोशनले भने – त्यसपछि सेमरी पुगेर आइहाल्छु भन्नुभएको थियो । सेमरी पुगेर पनि जिवलालले बुहारीलाई ढिलो हुन्छ सबैले खान खानु भनेर फोन गरेको पारिवारिक स्रोत बताउछन् । सोमवार १० बजेपछि उनको दुईवटा मोबाइल मध्ये एउटा स्विच अफ भएको र अर्काे एन सेलको नम्बरमा कल नउठेको परिवारले जनाएको छ ।

You might also like