अखिल नेपाल लेखक संघको रास्ट्रिय चितवनमा उद्घाटन
चितवन : अखिल नेपाल लेखक संघको दोस्रो रास्ट्रिय भेला चितवनको टाडीमा उद्घाटन भएको छ । भेलामा अतिथिहरुले शुभकामना मन्तब्य राख्ने सकिएको छ । भेला उदघाटनमा प्रमुख अतिथि अखिल नेपाल जनसास्कृतिक महासङघका अध्यक्ष प्रा. डा. जगदीशचन्द्र भन्डारीले महासङघको घटकहरुको भेला सम्मेलन गर्दै अगाडी बढ्ने बताउनु भयो । कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी पोलिटब्युरो चन्द्रहरी सुबेदी अटलले राजनितीमा नयाँ परिस्थिति निर्माण हुने बताउदै राजनैतिक ध्रुवीकरण सन्निकट रहेकोले लेखकहरुको भुमिका झनै बढेको उल्लेख गर्नुभयो । त्यस्तै अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अध्यक्ष अम्बिका मुडभरीले उत्पिडितहरुको पक्षमा लेखन कार्य हुनुपर्ने बताउनु भयो । त्यस्तै अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का महासचिव धनेस्वर पोखरेलले मजदुर किसानले र सामान्य मान्छेले बुझ्ने साहित्य रचना गर्नुपर्ने धारणा राख्नुभयो । माक्र्सवादी लेखक रोशन जनकपुरीले लेखनमा सर्बहारा बर्गको बिम्ब छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुने बताउनुभयो । माक्र्सवादी सास्कृतिक मोर्चाका संयोजक इस्मालीले सास्कृतिक आन्दोलनमा लेखकहरुको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभयो । प्रगतिशिल साहित्यकार बलराम तिमिल्सिनाले लेखक संघका कमान्डरहरुले कलमजिबि लालदस्तामा निर्माणमा जोड दिनुपर्ने बताउनु भयो ।क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पान्डेयले भेलालाई शुभकामना दिदै लेखक संघले नयाँ पुस्ता जोडन पहल लिनुपर्ने बताउदै ‘लेखक र क्रान्तिकारी पत्रकार बिच युनिफाइड योजना बनाउन आवश्यक छ ‘ भन्नुभयो । उदघाटन संघका अध्यक्ष मित्रलाल पङ्ग्यानीको अध्यक्षता उपाध्यक्ष रवि किरण निर्जीवको स्वागत महासचिव अनिल श्रेष्ठको संचालनमा भएको थियो । कार्यक्रममा देशभरका क्रान्तिकारी लेखकहरुको यस भेलाले नया केन्द्रीय निर्वाचित गर्ने आयोजकले जनाएको छ । भेला पछि रास्ट्रिय स्वाधीनताको लागि सिर्जना अभियान अन्तरगत साहित्यिक कार्यक्रम हुने जनाइएको छ ।