जिल्ला प्रहरी प्रमुख श्रेष्ठ र राजनैतिक दलको बीच अन्तरक्रिया

0

नवलपरासी – जिल्ला प्रहरी कार्यालय नवलपरासी बसुपले शुक्रवार विभिन्न राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधिहरुसंग अन्तरक्रिया गरेको छ ।
कार्यालयमा आउनुभएका नयाँ कार्यालय प्रमुख एंव प्रहरी उपरीक्षक अनुपम श्रेष्ठसंग परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा जिल्लामा क्रियाशिल अधिकाँश राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रममा राजनैतिक दलमा प्रमुख तथा प्रतिनिधिहरुले खुल्ला सीमाका कारण सीमा क्षेत्रबाट हुने तस्करी, नदीजन्य पद्धार्थको दोहन र लागु औषधलाई प्रमुख मुद्धाका रुपमा उठाएका थिए ।
सो अवसरमा सत्तारुढ पार्टी नेपाली काँग्रेसका कार्यबहाक सभापति बिक्रम यादव र एमाले जिल्ला उपाध्यक्ष डोलराज भण्डारीले प्रहरीले उठाउने हरेक उचित कदममा आफूहरुको साथ रहेको बताउनुभयो ।
बिपक्षी दल नेकपा(माओवादी केन्द्रका जिल्ला संयोजक रामानन्द यादव र रास्वपाका सभापति महेन्द्र सिं ठकुरीले जिल्ला शान्ति सुरक्षा कायम गर्ने काममा आफूहरु सधै साथमा हुने बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा आफ्नो पार्टीको आन्दोलन जारी रहेको जानकारी दिनुभयो । उहाँले लघुबित्त तथा मिटर ब्याज र सहकारी पीडितको पक्षमा एंव भष्ट्राचार र कमिशनखोरीको बिरुद्ध शान्तिपुर्ण आन्दोलनमा आफूहरु रहेको उल्लेख गर्दै संबिधान प्रदत्त कार्यक्रममा समेत प्रहरीले हस्तक्षेप गरेको स्मरण गराउदै बिगतको इतिहास नदोहो¥याउन आग्रह गर्नुभयो । उहाँले प्रि–मनसुन शुरु भइसकेको चर्चा गर्दै दाउन्ने मार्गमा यात्रुहरुले सास्ती बेर्होनु परेकोले सडक सम्बन्धि जानकारी दिन सुचना केन्द्र स्थापना गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा आत्महत्या , पारपाचुके , बलत्कार जस्ता घटनाहरु प्रति समेत जिज्ञाशा राखिएको थियो ।
कार्यक्रममा जसपामा जिल्ला अध्यक्ष धरेन्द्र यादव , नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कुमार आले, नेकपा (माले)का भरत पाण्डेय लगायतले दुई चार किलो मल बीउ लिन भारत जाने कृषकहरुलाई प्रहरीले सास्ती दिने गरेको बताउदै तस्करहरुलाई पक्राउ गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपालगायतका पार्टीका प्रमुख तथा प्रतिनिधि समेत सहभागी थिए ।
कार्यक्रमको अन्त्यमा कार्यालयमा आउनुभएका नयाँ कार्यालय प्रमुख एंव प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले दलहरुको सहकार्यबाट मात्र अपराध न्युनीकरण गर्न सकिने चर्चा गर्नुभयो । सो अवसर प्रहरी नायब निरीक्षक बीरदत्त पन्त लगायतका प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

You might also like