ईक्यानको उपाध्यक्षमा सेढाई उम्मेदवार , जित सुनिश्चित भएको दावी

0

प्रेम कण्डेल
चितवन :  केशवराज सेढाई नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) चितवनको उपाध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेर शैक्षिक परामर्शको क्षेत्रमा विगत दुई दशकदेखि काम गरिरहेको अनुभव छ । सेढाईले चितवन, मकवानपुर , काठमाडौंमा दर्जनभन्दा बढी कन्सलटेन्सीमा आफ्नो विज्ञताको अनुभव प्रदान गर्नुका साथै ब्रिटिश काउन्सिलबाट पटकपटक शैक्षिक परामर्शको ट्रेनरको तालिम लिनुभएको छ ।
चितवनको शैक्षिक परामर्श क्षेत्रको उदयमान मेधावी युवा जसले आफ्नो उम्मेदवारी दिनुको आफ्नो प्रमुख एजेन्डा प्रदेश सरकारबाट एल.ओ.सी. लिन पहल गर्ने , भाषा प्रशिक्षण निर्देशिका संशोधन गर्न पहल गर्ने, शैक्षिक कन्सुलर तालिम प्रदान गर्ने र गुट– उपगुटको राजनीति सदाको लागि अन्त्य गर्ने रहेको जानकारी दिनुभएको छ ।
उहाँको विजय सुनिश्चित रहेको शैक्षिक परामर्श क्षेत्रका जानकारहरुले बताएका छन्। ईक्यानको चितवनको उपाध्यक्षका उम्मेदवार केशवराज सेढाई नेस्ट पोइन्ट एजुकेशन कन्सल्टेन्सीका म्यानेजिङ्ग डाईरेक्टर सामाजिक क्षेत्रमा समेत उहाँको उल्लेख्य योगदान छ । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)को चितवन जिल्ला अधिवेशन पुस १५ गते सौराहामा आयोजना गरिएको ईक्यानले जनाएको छ।

You might also like