प्रहरीद्वारा तीन लाख बढीको खसी,बोका तथा मालसामान बरामद
नवलपरासी ,६ भदौ ।
पश्चिम नवलपरासीमा ३ लाख २३ हजार मुल्य बराबरको अवैध खसी, बोका तथा मालसामान प्रहरीले बरामद गरेको छ।
भारतबाट नेपालतर्फ भन्सार छली अवैध रुपमा ल्याउदै करिब ३ लाख २३ हजार ८ सय ५० मुल्य बराबरको खसी, बोका र बिभिन्न मोटर पार्टका सामानरू प्रहरीले बरामद गरेको हो । भारतबाट अवैध रुपमा ल्याउदै गरेको २८ जिउ खसी, बोका शनिबार बिहान ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. ४ टि.सि.एन चोकबाट बरामद गरेको हो । बरामद खसी, बोकाको करिब २ लाख ८० हजार मुल्य बराबर रहेका छन् ।
यसैगरी भारतबाट नेपालतर्फ भन्सार छली ल्याउदै गरेको ऐर फिल्टर, फलामको फेन, कुलिन पार्टस, बेरिङ, गेर आयल, डिजेल फिल्टर लगायतका बिभिन्न मोटर पार्टका सामान सोही स्थानबाट प्रहरीले बरामद गरेको छ । बरामद सामानहरूको करिब ४३ हजार ८ सय ५० मुल्य बराबर रहेको छ ।
प्रहरीले बरामद गरेका २८ जिउ खसी,बोका र सम्पुर्ण मोटर पार्टका सामानहरु आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजु लामाले बताएका छन् ।