बागलुङमा भीषण पहिरो जादाँ तीन बालबालिकाको मृत्यु

0

साउन १३ बागलुङ । बागलुङमा निरन्तर पानी परे पछि गएको पहिरोमा पुरिएर तीन बालबालिकाको मृत्यु भएको छ । तमानखोला र निसीखोला गाउँपालिकामा ३ जना बालबालिकाको मृत्यु भएको हो ।

आज बिहानै खसेको पहिरोले तमानखोला गाउँपालिका वडा नम्बर २ खोलेसोबाङका पानबहादुर विकको घर पुरिँदा उनकी १२ वर्षीया छोरी रीता र १३ वर्षीय छोरा खिमबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुकी आमा होम कुमारी पहिरोमा परी घाईते भएकी छन् ।

गएराति निसीखोला गाउँपालिका वडा नम्बर १ मा एक कमल परियारको घर पुरिँदा ५ वर्षीय छोरा समिर परियारको मृत्यु भएको छ ।

 

Mirmire online

You might also like