निषेद्याज्ञामा लुम्बिनी प्रदेशमा ७९ बलात्कारका घटना
दोश्रो चरणको लकडाउन सुरु भएयता लुम्बिनी प्रदेशभर ७९ जना महिला बलात्कृत भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय,दाङ्ग-तुल्सीपुरका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक मधुसुदन लुइँटेलले दिएको जानकारी अनुसार दोश्रो चरणको लकडाउन सुरु भए यता असारको पहिलो सातासम्म प्रदेशका १२ वटा जिल्ला मध्ये सबैभन्दा बढी १७ वटा बलात्कार घटना बर्दियामा घटेका छन् ।
नवलपरासीमा ३ वटा बलात्कार घटना घटेका छन् । रुपन्देहीमा ११ वटा , कपिलवस्तुमा १२ वटा , पाल्पामा ४ वटा , अर्घाखाँचीमा ३ , गुल्मीमा १ , प्युठानमा ३ , दाङ्गमा १२ , रोल्पामा ४ , बाँकेमा ९ र बर्दियामा १७ सहित ७९ वटा बलात्कार घटना घटेका हुन् । बलात्कार घटना रुकुम पूर्वमा शून्य छ । त्यस्तै प्रदेशभर १७ वटा जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता भएका छन्।…Global awaj