पश्चिम नवलपरासीको सरावल १ मा रहेको आदर्श मावीमा विद्यालयको भवन शिलान्यास कार्यक्रम बुधबार सम्पन्न
पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा न्म्बर १ मा रहेको आदर्श माध्यमिक विद्यालयमा विद्यालयको भवन शिलान्यास कार्यक्रम बुधबार सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवराज चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशकी प्रदेश सासंद भगवती भण्डारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा भवनको शिलान्यास गर्दै प्रमुख अतिथि भण्डारीले प्रदेस सरकारले काम गर्न सक्नेलाई बजेटको कमी हुन नदिएको बताउदै शिक्षा, स्वास्थ्य, खानेपानि तथा बाटो घाटोलाई विशेष प्राथमिकता दिइ प्रदेश सरकारले काम गर्दै आइरहेको बताउनुभयो । साथै उहाँले ग्रामिण क्षेत्रमा स्थापित यस विद्यालयले धेरै राम्रा बिधार्थि उद्पादन गरि यस क्षेत्रकै उत्कृष्ट विद्यालय बन्न सफल भएकोमा बधाई दिदै आफुले आफ्नो तर्फबाट हुने हरेक प्रकारको सहयोग गर्न निरन्तर तत्परता देखाउदै आइरहेको बताउनुभयो । सोही अवसरमा बोलदै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चौधरीले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट २० लाखको अनुदान र करिब ५ लाख बिधालय बाटै खर्च गर्ने गरि भएइको सहमति अनुसार भवनको निर्माण कार्य अघि बढाइएको जानकारी दिनुभयो । २०१० सालमा स्थापित यस विद्यालयलाई जिल्लाकै पहिलो विद्यालय भनेर चिनिने गरिएको र यस विद्यालयमा हाल ६ सय ४० बिधार्थि अध्ययनरत रहेको विद्यालयका प्रअ देव नारायन चौधरीले जानकारी दिनुभएको थियो । कार्यक्ममा समाजसेवी नारायण पाण्डे, बुद्दि भट्टराई लगाएतले मन्तब्य राख्नुभएको थियो भने सो अवसरमा विद्यालय समितिका पदाधिकारी, शिक्षक शिक्षिका तथा विभिन्न संघ सस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।