सातौ दिनको पुन्य तिथिमा श्रद्धाञ्जली सभा हुने
पुष्पा गिरी
नवलपरासी नेकपा क्रान्तिकारी माओवादी र क्रान्तिकारी पत्रकार महासङ्घ पश्चिम नवलपरासीको सयुक्त आयोजनामा मङगलवार फागुन २५ गते श्रध्दान्जली सभा आयोजना गरिएको छ । क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष तथा लुम्बिनी प्रदेश सयोजक रवि पान्डेय कि ममतामयी आमा क्रान्तिकारी माओवादी बर्दघाट नगर समिति सदस्य पार्वती पान्डेयको स्मृतिमा पान्डेय निवास बर्दघाट ४ दिब्यनगरमा सयुक्त कार्यक्रम हुने भएको हो ।
कार्यक्रममा क्रान्तिकारी माओवादी पोलिट्ब्युरो सदस्य तथा प्रदेश इन्चार्ज प्रेम सुवेदि ,केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज पिताम्बर आचार्य , क्रान्तिकारी पत्रकार महासङघका केन्द्रीय पदाधिकारी एवं विभिन्न पार्टीका नेता कार्यकर्ताहरु समेत सहभागी हुने क्रान्तिकारी पत्रकार महासङ्घका जिल्ला अध्यक्ष सन्जय तिवारीले जानकारी दिनुभयो ।
स्व. पान्डेयको परिवार माओवादी आन्दोलनमा सहभागी परिवार हो । स्व। पान्डेय २०५६ साल देखि पार्टी सदस्य रहि इलाका कमिटीमा आबद्द रहेको र उहाँ अनेमसघ क्रान्तिकारीको बिभिन्न कमिटीमा सङ्गठित भइ जनयुद्धलाई सरिक भएको क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी छबिलाल खरेल बताउनु हुन्छ ।
स्व .पान्डेय कि जेठी बुहारी लक्षमी क्रान्तिकारी पत्रकार महासङघको जिल्ला कोषाध्यक्ष र कान्छा छोरा रमेश अखिल क्रान्तिकारीको जिल्ला सयोजक हुनुहुन्छ ।
स्व। पान्डेयका २ छोरा २ बुहारी ४ छोरी १२ नाति नातिना छन् ।
निडर स्वभाब कि पार्वती सामाजिक कार्यमा समेत सहभागी हुनुहुन्थ्यो । उहाँ चिसापानी सामुदायिक बन उपभोक्ता समुहको सस्थापक सदस्य समेत हुनुहुन्छ ।
६३ बर्सिय पान्डेयको यहि फागुन १९ गते रक्तचाप तथा निमोनियाको कारण उपचारको क्रममा निधन भएको थियो । उहाँ एक सफल बाख्रापालक किसानको रुपमा समेत परिचित हुनुहुन्थ्यो । त्यस्तै पान्डेयको स्मृतिमा नेपाल पत्रकार महासङघ पश्चिम नवलपरासी शाखाले श्रद्दान्जली कार्यक्रम आयोजना गरेको शाखा अध्यक्ष हरि शर्माले बताउनु भयो ।
दिउसो १ बजे क्रान्तिकारी माओवादी र क्रान्तिकारी पत्रकार महासङघको सयुक्त कार्यक्रम र ३ बजे नेपाल पत्रकार महासङ्घको कार्यक्रम हुने जनाइएको छ ।
यस अघि आइतबार त्रिबेनि टेलिभिजनले शोकसभा गरेको थियो ।