अहिले मलाई हटाए भने पनि अब चुनाव पछि दुई तिहाई मत ल्याएर सिंहदरबार छिर्छुः प्रधानमन्त्री ओली
फागुण १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब आउने निर्वाचनबाट दुई तिहाई मत ल्याएर आफू सिंहदरबार छिर्ने दाबी गरेका छन् । संसद विघटनको मुद्धा सर्वोच्चले बदर गरिदिएसगँै उनीमाथि राजीनामाको माग बढीरहेका बेला प्रधानमन्त्रीले यदी अहिले हटाए भने पनि अब आउने चुनावमा आफूले दुई तिहाई मतका साथ जीत हात पार्ने दाबी गरे ।
झापाको बीरतामोडमा आज पुर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै
संसद पुनस्थापना भए पनि केही नबिग्रिएको भन्दै सर्र्वोच्चको फैसलाको असर र परिणाम अब देखा पर्न सक्ने उनले बताए ।
संसद कसरी अघि बढ्छ , देश कसरी अघि बढ्छ ? अब अदालतको फैसलाको मुल्याकंन भने यसको परिणामले गर्ने भन्दै आफूले अदालतको फैसला मान्ने बताए ।
आफूलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको तर हटाईए खुसीसाथ विदा हुने पनि ओलीले बताए । उनले केही समस्या आए आफू अदालतमा मुद्धा हाल्न भन्दा पनि जनतामा जाने बताए ।
मिर्मिरे अनलाइन