‘अबको विकल्प नयाँ जनवादी क्रान्ति’

संसदीय ब्यवस्था असफल-संकुल

0

नवलपरासी ८ माघः  नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य एंव लुम्बिनी प्रदेश सचिव संकुलले संसदीय ब्यवस्था असफल भएको बताउदै अबको विकल्प जनवादी सत्ता मात्र रहेको बताउनुभएको छ ।
बर्दघाटमा विहीवार आयोजित नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीको बैचारिक प्रशिक्षणमा बोल्दै उहाँले जनवादी क्रान्ति नै अबको विकल्प भएको बताउनुभयो । संसदीय ब्यवस्थाले अब धान्न सक्दैन , शासन सत्ता परिर्वतन होइन अब राज्य सत्ता परिर्वतन मात्र एक विकल्प छ । अब संघीय जनगणतन्त्र मात्र विकल्प हो । -उहाँले भन्नुभयो ।
संसद बिघटन पछि संसदवादीहरुबीच रोइलो चलेको उल्लेख गर्दै उनले क्रान्तिकारी शक्तिबीच धुब्रीकरण र एकता आवश्यक रहेको औल्याउनुभयो । केपी ओली सामाजिक फाँसीवादतर्फ गएको चर्चा गर्दै नेता संकुलले राज्य सत्ताको परिर्वतन अबको कार्यसुची हुनुपर्ने बताउनुभयो । देशमा तीनवटा विकल्प छन् एक मध्याबधि निर्वाचन र संसद पुर्नस्थापना , दुई पुर्नरोत्थानवादी शक्तिको उदय र तेस्रो संघीय जनगणतन्त्र । तेस्रो विकल्प मात्र सही विकल्प भएको उहाँले बताउनुभयो ।

उहाँले जनवादी क्रान्ति गरेर बैज्ञानिक समाजवादमा जानुपर्छ भन्ने शक्तिहरुबीच एकता हुनुपर्ने बताउनुभयो । हामीले चार पार्टी बीच रणनैतिक मोर्चा पनि बनाएका छौ – उहाँले भन्नुभयो – विचारमा एकरुपता हुदाँ एकता हुन्छ । फरक प्रसंगमा उहाँले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउनु गलत रहेको उल्लेख गर्दै विप्लवले रहस्यमय कार्यदिशा त्याग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज जिवराजले संगठनात्मक गतिबिधिमा लाग्न नेता कार्यकर्तासंग आग्रह गर्नुभयो ।
कार्यक्रम जिल्ला सेक्रेटरी चोलाको अध्यक्षतामा भएको थियो । त्यस्तै क्रान्तिकारी माओवादीको जिल्ला बैठकले आगामी कार्ययोजना सहितका कार्यक्रम निर्माण गरेको जनाएको छ । जस अनुसार सबै स्थानीय तहमा पार्टी सुदृढ एंव जनबर्गीय संगठनका गठन पूर्नगठन तथा संर्घषका कार्यक्रम रहेका छन् ।

You might also like