बर्दघाट नगरपालिका वडा नं.–२ द्वारा आमवासमा आखाँ शिविर सम्पन्न
बर्दघाट – बर्दघाट नगरपालिका वडा नं.–२ को आयोजनामा शुक्रवार आम्वासमा आखाँ शिविर सम्पन्न भएको छ । आखाँ शिविरको वडाध्यक्ष दया दर्लामीले एक कार्यक्रमका विच समुद्घाटन गर्नुभयो ।
वडाध्यक्ष दर्लामीको अध्यक्षता र चिसापानी अस्पतालका जनस्वास्थ्य निरिक्षक रमेश न्यौपानेको संचालन रहेको शिविर समुद्घाटन कार्यक्रममा वडा नं २ का सम्पूर्ण जनप्रतिनिधिहरु, दिब्य ज्योति मावि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुबोध जागृत बुढाथोकी,पत्रकार तथा स्थानिय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
शिविर समुद्घाटनमा बोल्दै वडाध्यक्ष दर्लामीले वडा नं. २ को पहाडी क्षेत्रमा रहेको आम्वासका जनताहरुको स्वास्थ्यमा पहुचं राम्रो नभएका कारणले उनीहरुको सहजताका लागि वडाले निःशुल्क रुपमा आखाँ शिविरको आयोजना गरेको बताउनुभयो ।
शिविरमा १ सय ६ जना स्थानियवासीहरुको आखाँ चेक जांच गरेकोमा ८ जनामा मोतिया विन्दु र १ जनामा जल विन्दु भएको भेटिएको चिसापानी अस्पतालका जनस्वास्थ्य निरिक्षक रमेश न्यौपानेले जानकारी दिनुभयो । विस्तृत समाचार बर्दघाट पोष्ट दैनिकमा छ ।