अब नगरलाई तरकारीमा आत्मनिर्भर बनाउछौं : नगर प्रमुख बस्याल
नवलपरासी २१ पुष – बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले कृषि पकेटलाई ध्यान दिदै तरकारीका बीउ प्रदान गरिएको बताउनुभएको छ । उहाँले तरकारीमा नगरलाई आत्मनिर्भर बनाउन योजना संचालन भएको जानकारी दिनुभयो । बस्यालले कृषि तथा पशुपालनको क्षेत्रमा नगरका योजनामा नगरवासीले साथ दिनुपर्ने बतउनुभयो ।
कार्यक्रममा उपप्रमुख मायादेवी पौडेलले महिलाहरुले तरकारुी खेती गरेर आत्मनिर्भर हुनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले तरकारी उत्पादनमा लाग्नेहरुलाई प्रोत्साहन दिइने जनाउनुभयो ।
तरकारीका बीउ पाएपछि कृषकहरु हर्षित भएका थिए । समुहमा आबद्ध कृषक पबित्रा दवाडीले नगरले तरकारीको बीउ दिएकोमा आफूहरु खुसी भएको बताउनुभयो ।
कार्यक्रममा कृषि विकास शाखा प्रमुख युवराज लम्साल, खुमाकान्त न्यौपाने लगायतले मन्तब्य राख्नुभयो ।
शाखाले १६ वटै वडामा बीउबितरण गर्ने जनाएको छ । जस अन्तगत ८ वटा वडामा मंगलवार बितरण भएको छ भने बाँकी ८ वटा वडामा बितरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
कृषि तथा पशुपन्छी फार्मको अनुगमन
त्यस्तै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले वडा नम्बर ४ का बिभिन्न कृषि तथा पशुपन्छी फार्मको अनुगमन गर्नुभएको छ । उहाँले मंगलवार बर्दघाट ४ शान्तिनगरमा रहेको सुमार्ग कृषि फार्म र बर्दघाट ब्यवसायिक फार्मको अनुगमन गर्नुभएको हो ।