राष्ट्रिय संगीतकर्मी अवार्ड – २०७५ वितरण

0

नवलपरासी (भुताहा) चैत्र २ – राष्ट्रिय संगीतकर्र्मी अवार्ड – २०७५ वितरण गरिएको छ पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ मा एक कार्यक्रम गरी अवार्ड तिरण गरिएको हो । शनिवार तनहुं रुपाकोट फेमिली रेष्टुरेन्ट एण्ड पार्टी प्यालेसमा बृहत सांस्कृतिक कार्यक्रमका साथ राष्ट्रिय संगितकर्र्मी संघ जिल्ला शाखा नवलपरासीले विविध विधामा नोमिनेसन गरेर उत्कृष्टमा पर्न सफल भएका कलाकरहरुलाई अवार्ड वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल गित संगीत मानव जीवनको अभिन्न अंग जस्तै भएको भन्दै कला क्षेत्रको विकासका लागि आफु सदैव लागि पर्ने बताउनुभएको थियो ।उहाँले बर्दघाट नगरपालिकाले पनि स्थानीय स्तर देखि राष्ट्रिय स्तर सम्मका कलाकार जन्माउन सफल भएको समेत जानकारी दिनुभयो । राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्कीले कलाकारको जीवन निर्वाहका लागि राज्यले खासै ध्यान दिन नसकेको गुनासो गर्नुभयो । उहाँले कलाकारले रोयल्टी समेत नपाईरहेको अवस्थामा कलाकारको हक अधिकार स्थापित गर्नका लागि विभिन्न चरणमा आन्दोलन गर्दै विभिन्न कार्यक्रम समेत संचालन गर्दै आईरहेको बताउनुभएको थियो । कार्यक्रममा विविध विधामा उत्कृष्ट भएका ५० भन्दा बढि कलाकारहरुलाई प्रमाण पत्र सहित अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा कुलेन्द्र विश्वकर्मा, विष्णु खत्री लगायत चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहेको थियो । कार्यक्रम जिल्ला अध्यक्ष राधा तिवारीको अध्यक्षता उपाध्यक्ष सन्तु गाहाको स्वागत तथा सहसचिव मनिष कुमार अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।

You might also like