हात्तिवनमा चाैथाे गाउँ स्तरीय फुटबल प्रतियाेगिता सुरु

0

 उमेश बि.क / नवलपरासी ,१८ पुस-  पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ हात्तिवनमा माघे संक्रान्तिकाे पावन अवसरमा चाैथाे गाउँ स्तरीय फुटबल प्रतियाेगिता सुरु भएको छ ।

No description available.

सम्मेमाई सामुदायिक युवा क्लबका अध्यक्ष सन्तराम केवटकाे अध्यक्षता तथा समाजसेवी अकुरुदिन पठानकाे प्रमुख अातिथ्यतामा फुटबल प्रतियाेगिता सुरु भएको हाे। फुटबल प्रतियाेगितामा समाजसेवी अकुरुदिन पठान,सरावल गाउँपालिका वडा नं. ४ वडा अध्यक्ष छाेटेलाल यादव,वडा सदस्य सुर्यनरायण यादव,युवा समाजसेवी सुखाडि प्रसाद चाैधरी,समाजसेवी सुरेश यादव,राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक तथा नेपाल प्रेस युनियनका जिल्ला उपसभापति उमेश कुमार बि.क ,हिमाल युवा क्लब अध्यक्ष नरेश फाैजदार,बुद्ध ज्याेती प्रा.बि हात्तिवन बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष गंगा चाैधरी,समाजसेवी बाेधन काेहार ,गाेबरहिया प्रहरीचाैकी इन्चार्ज लिल बहादुर बि.क,समाजसेवी गाैकरण यादव ,बुद्ध सागर गुप्ता लगाएतले खेलकुदको सफलताको शुभकामना ब्यक्त गर्नुभएको हाे। प्रतियाेगितामा नवलपरासी अन्तर्गतको २७ फुटबल टिमको सहभागीता रहेको छ । उदघाट सत्रकाे खेलमा जनकपुर र श्रीनगर बिच भएको खेलमा जनकपुरले १ गाेलगरी बिजयी भएको हाे। खेलकुदमा प्रथम हुनेला ४० हजार मेडल प्रमाण पत्र,दाेस्राे २५ हजार मेडल प्रमाण पत्र र तेस्रो हुनेलाई ५ हजार बराबरको पुरस्कार एवम् मेडल प्रमाण पत्र दिइने क्लबका सचिव कमलेश कहाँरले जानकारी दिनुभएको हाे।

You might also like