म मरेको छैन

कविता

0

-रवि विकल्प
म मरेको छैन आमा
बाध्यता छ
विवशता छ
हेर्दछु इन्टरनेट र बेवसाइडहरु
अनि टेलिभिजन सेट
म देख्छु
सिरहा र कपिलबस्तु
लुटिएको\लुटाइएको
क्षितिजपारीबाट
भुन्टेको बास भुटिएको
खरानी भएको….
अनि
उसका बा को टाउको आँगनीमा खसालिएको
सान्बाबुको हजुर बुवा
पुत्रबियोगमा बेहोस भएको

म मरेको छैन आमा
अब
कुटो कोदालो खैलाएको होला
त्यो खेत जोत्ने भुन्टेको बा त्यहाँ छैनन्
सान्बाबुको हजुर बुवा पनि खसेछन्
पाखोवारी बाँझिएको होला
आमा हामी जोत्नेछौ अब सामन्तका खेत
म मरेको छैन आमा

मरेको छैन !

You might also like