खजुरा खोलाबाट अबैध नदीजन्य पद्धार्थ झिक्ने २ वटा ट्रयाक्टर प्रहरी नियन्त्रणमा

0
नवलपरासी १५ पुष – ईलाका प्रहरी कार्यालय बर्दघाटले खजुराखोलाबाट अबैध रुपमा नदीजन्य पद्धार्थ निकासी गरेका दुईवटा ट्रयाक्टर नियन्त्रणका लिएको छ । प्रहरीले लु २ त ४२०१ र लु २ त ६७८५ नम्बरको दुईवटा ट्रयाक्टर नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक कपिल वाग्लेका अनुसार मंगलवार नियन्त्रणमा लिएका टयाक्टरका धनी सम्पर्कमा आएका छैनन । उहाँले टयाक्टर धनीलाई कानुन अनुसार जरिवाना हुने जानकारी दिनुभयो ।
You might also like