क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समिति र प्रदेश समिति द्वारा श्रद्धाञ्जली व्यक्त

0

संजय तिवारी बुटवल – क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय समिति र प्रदेश संगठन समिति प्रदेश पाँचले छुट्टाछ्ट्टै वक्तव्य जारी गर्दै संगठनका केन्द्रीय सदस्य तथा प्रदेश पाँचका पूर्व संयोजक दामोदर खनालकी ममतामयी आमा मिना खनालको निधन प्रति दुःख ब्यक्त गरेको छ ।

उहाँको ६६ वर्षको उमेरमा साउन ५ गते भएको थियो । महासंघले उहाँको निधनबाट संगठन मर्माहत बनेको उल्लेख गर्दै वक्तव्यमा दिवंगत मिना खनालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ । संगठनका केन्दीय अध्यक्ष इन्द्र राउत प्रदेश संयोजक रवि पाण्डेले छुट्टाछ्ट्टै वक्तव्य जारी गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको गर्नूभएको हो । वक्तव्यमा भनिएको छ, २०१० साल मंसिर १७ मा जन्मनुभएकी अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड न १ साम्नेगाँउ निवासी मिना खनालको निधनले हाम्रो संगठनलाई निकै मर्माहत बनाएको छ । दिवंगत खनालका तीन छोरा, तीन बुहारी र दुई छोरी ज्वाइँ र ८ जना नाती नातिनाहरु हुनुहुन्छ ।

जैसीलाई कारवाही
त्यस्तै क्रान्तिकारी पत्रकार महासंघका केन्द्रिय सदस्य लोकराज जैसीलाई क्रान्तिकारी पत्रकार महासंघले कारवाही गरेको छ ।

क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठले आइतवार विज्ञप्ति जारी गर्दै संगठनको साधारण सदस्य पनि नरहने गरी जैसीलाई कारवाही गरेको जनाएको छ । विज्ञप्तिमा जैसीले क्रान्तिकारी पत्रकार महासंघको विधि र विधान विपरित कार्य गरेको, संगठन भित्र गुठबन्दी गरेका, संगठनको विरुद्ध भ्रामक र अनर्गल प्रचार प्रसार गरेको कारण कारवाही गरेको जनाएको छ ।

You might also like