काठमाडौं महानगरसँग भगिनी सम्बन्ध राखेको रामग्रामले डेढ करोड पाउने

0

१४ मंसिर  /आपसी समन्वय, सहकार्य र साझेदारीमार्फत दुई नगरबीच अनुभव आदान-प्रदान गर्ने उद्देश्यले यी नगरबीच भगिनी सम्वन्ध स्थापना भएको हो।

भगवान गौतम बुद्धको अस्थिधातु रहेको प्राचिन नगर रामग्राम र संघीय राजधानी काठमाडौंको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिकाबीच दुई नगरका प्रमुखले हस्ताक्षर आदान-प्रदान गरी भगिनी सम्वन्ध स्थापना भएको घोषणा गरेका हुन्।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ताले सहमतिपत्रमा हस्ताक्षर गरी दुई नगरहरुका बिच भगिनी सम्वन्ध स्थापना गरी मैत्रीपूर्ण तथा दिगो संस्थागत सम्वन्ध स्थापना गर्ने, संस्थागत प्रणालीलाई अझ सुदृढ र सवल बनाउने, आपसी हित र सहकार्यलाई बढावा दिने प्रतिवद्धता व्यक्त गरे।

यससँगै काठमाडौँ महानगरपालिकाले नगर-नगर साझेदारी कार्यक्रम अन्तर्गत रामग्राम नगरपालिकालाई धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास गर्न ‘कोलिय शान्ति उद्यान’ निर्माणका लागि १ करोड ५० लाख रकम दिने घोषणा गरेको छ।

आयोमेल

You might also like