पत्रकार दम्पतीले जिते कोरोना
पुष्पा गिरी बर्दघाट १७ कार्तिक –
क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष एंव लुम्बिनी प्रदेश संयोजक रवि पाण्डेय र उहाँकी जिवनसाथी लक्ष्मी घिमिरेको कोरोना रिर्पाेट नेगेटिभ आएको छ । उहाँहरु दुवै जना होम आइसोलेशनमा बस्दै आउनु भएको थियो । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका कोषाध्यक्ष समेत रहनु भएका पाण्डेले सामाजिक संजालमा स्टाटस लेख्दै आफूहरुको रिर्पाेट नेगेटिभ आएको जानकारी दिनुभएको हो । ‘ १४ दिनको एकान्तवास आजबाट समापन भएको छ । हामी दुवै जनाको रिर्पाेट नेगेटिभ आएको छ । यद्धपि शरिरका अवयवहरुमा पीडा भने कायमै छ । अब शारिरिक र मानसिक दुवै रुपमा अवश्य जितिन्छ । साथै छिट्टै कार्यक्षेत्रमा ‘थप सावधानी’ पूर्वक लाग्ने प्रण गर्दछौ । कोभिडका एकान्तवासमा हाम्रो स्वास्थ्य प्रति शुभेच्छा प्रकट गर्नुहुने र नगर्नु हुने दुवै पंक्ति प्रति हामी आभारी एंव कृतज्ञ छौ ।’उहाँले लेख्नु भएको छ ।