बित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा संचालन
नवलपरासी –
बर्दघाट नगरपालिका –८ मा बित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा शुक्रवारदेखि संचालनमा ल्याइएको छ । स्थानीय सरकारको नेतृत्वमा सो कार्यक्रम प्रारम्भ गरिएको हो । संघीय सरकार र स्विस सरकारको दुई पक्षीय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा ईन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगर द्वारा सञ्चालित सुरक्षित आप्रावासन परियोजना सामी अन्तर्गत कक्षा आरम्भ गरिएको परियोजनाका संयोजक ज्ञानेश्वर भण्डारीले जानकारी दिए । सो कार्यक्रममा बोल्दै वडाध्यक्ष कबिराज आचार्यले बैदेशिक रोजगार बाट आउने रेमिटान्सलाई ब्यवसाय तर्फ लगाउदै आत्मनिर्भर हुनका लागि कक्षाले सहजता हुने बताउनुभयो । सामी हेल्भेटासका प्रदेश संयोजक लाल बाबु कुशहवा, ईन्द्रेणी सामाजिक बिकास मञ्चका अध्यक्ष बद्रि प्रसाद सुवेदी ले परियोजनाका बारेमा प्रकाश पार्नुभयो । कार्यक्रममा मनोपरामर्शकर्ता तारा सापकोटा ,बर्दघाट नगर रोजगार संयोजक जंग मल्ल परियोजनाका कर्मचारी लगायत सहभागी हुनुभएको थियो । कार्यक्रमको सञ्चालन वित्तीय साक्षरता सहजकर्ता नारायण दत्त घिमिरेले गर्नुभएको थियो । वित्तीय साक्षरता कक्षा बर्दघाट नगरपालिकामा यस आर्थिक बर्षमा वार्ड नं. १० , ८,४ र १२ मा संचालन गर्ने बताइएको छ । कार्यक्रम बर्दघाट वार्ड नं. ८ का वडाध्यक्ष कविराज आचार्य को अध्यक्षतामा भएको थियो ।