नेको इन्स्योरेन्सद्वारा पाठक खाद्य उद्योगलाई क्षतिपूर्तिको अग्रीम भुक्तानीवापत २५ लाख प्रदान
बर्दघाट २१ असोज :
नेको इन्स्योरेन्स लिमिटेडले पाठक खाद्य मसला उद्योग बर्दघाटमा भएको आगलागीको क्षतिपूर्तिवापत अग्रीम दावी भुक्तानीस्वरुप २५ लाख रुपैया प्रदान गरेको छ । नेको इन्स्योरेन्स लिमिटेड बर्दघाट उपशाखाका प्रबन्धक मनोज कुमार क्षेत्रीले उक्त रकम खाद्य उद्योगका प्रतिनिधि खेमलाल खनाललाई हस्तान्तरण गर्नुभएको हो । उद्योगमा भएको आगलागीबाट भएको क्षतिका कारण उद्योग संचालनका लागि प्रारम्भिक रुपमा सो रकम प्रदान गरिएको र बाँकी भुक्तानी सबै प्रक्रिया पूरा भइसकेपछि प्रदान गर्ने क्षेत्रीले जानकारी दिनुभयो ।