गहु,मकै र प्याजखेतीमा अनुदान दिदै बर्दघाट नगरपालिका

0

बर्दघाट १४ असोज : बर्दघाट नगरपालिकाले ५० प्रतिशत अनुदानमा गहँु र मकैको उन्नत बिउ वितरण गर्ने भएको छ । गहुँ तथा मकैवालीको क्षेत्रमा उत्पादकत्व बृद्धि गरी किसानहरुलाई आत्मनिर्भर बनाउन अनुदान कार्यक्रममार्फत बिउ वितरण कार्यक्रम गर्न लागेको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।

उहाँले मकैबालीको यसबाहेक पनि पकेट क्षेत्र कार्यक्रम समेत संचालन हुदै आएको बताउनुभयो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले नगरपालिको आर्थिक बर्ष २०७७÷०७८ को स्विकृत कार्यक्रम अनुसार उक्त अनुदान बितरण सम्बन्धि प्रक्रिया शुरु गरिएको बताउनुभयो । सूचनाको म्याद यही असोज १९ गते सम्म रहेको छ ।
त्यस्तै प्रदेश सरकारबाट हस्तान्तिरत कार्यक्रम अनुसार बर्दघाट नगरपालिकाले प्याज खेती गर्न चाहने कृषकहरुलाई सहुलियत प्रदान गर्ने भएको छ । प्याजखेतीमा आर्कषण बृद्धि गरी उत्पादन बृद्धि गर्ने उद्धेश्यले यो कार्यक्रम गर्न थालेको कृषि शाखा अधिकृत युवराज लम्सालले बताउनुभयो । त्यस्तै यो कार्यक्रममा सहभागी हुन चाहनेहरुले पनि असोज १९ गते भित्र आबेदन गर्न सक्ने कृषि शाखाका खुमकान्त न्यौपानेले जानकारी दिनुभयो ।

You might also like