नबिर्सौं सत्य, नगुमाऔँ संयम
डा. अतीन्द्र दाहाल
विश्वव्यापी सन्त्रास बनिरहेको कोरोना महामारीले हामीलाई पनि च्याप्दैछ । आम मानवजीवन र सभ्यतामाथि धावा बोलिरहको यस प्रकोपको वैज्ञानिक उपचारपद्धति अहिलेसम्म प्रमाणित भएको छैन । विश्वका थुप्रै शक्तिराष्ट्र खोप निर्माणको विभिन्न चरणमा भए पनि त्यसको सफलता, सर्वस्वीकार्यता अनि पूर्ण सकरात्मकताका बारेमा अन्योल प्रशस्तै छन् ।
सन्त्रासकै बीच केही छिटफुट असामाजिक भड्काव देखिन थालेका छन् । सङ्क्रमितलाई राख्न बनाइएका ‘आइसोलेसन’ तोडफोड गर्ने, स्वास्थ्यकर्मीलाई निवासबाट निष्कासनमा जोरजबर्जस्ती गर्ने, सामाजिक बहिष्कार गर्न खोज्ने, सङ्क्रमितको घरमा लगेर यो कोरोना सङ्क्रमितको घर हो भन्ने ब्यानर टाँसिदिने अथवा बाहिरबाट ताला लगाइदिने जस्ता अत्यन्त अमानवीय घटनासमेत भएका सुनिए । सामान्य मानवीय चेत भएका जो कोहीबाट पनि यस्ता दुष्कर्मलाई प्रोत्साहन हुनुहँुदैन, विषम अवस्थाको आधार सत्यलाई सबैले आत्मसात् गर्नुपर्छ ।
आधार सत्य
सन् १९१८ मा प्रथम विश्वयुद्धलगत्तै ‘स्पेनिसफ्लु’को प्रकोप थियो । ‘स्पेनिस फ्लु’,
‘मदर अफ अल इन्फ्लुएन्जा’, ‘किलर फ्लु’, ‘डेड्लिएस्ट प्लेग’ जस्ता उपमाले वर्णित उक्त महामारीपछि कोरोनाले अहिले विश्वव्यवस्था तथा मानव सभ्यतालाई नै चुनौती दिँदैछ । लौरा स्पिन्नीको पुस्तक ‘पेल राइडर’ अनुसार विश्वभर लगभग पाँच करोड मानिसले ज्यान गुमाएको उक्त महामारी दुई वर्ष चलेको देखिन्छ । अहिले पनि तत्कालै नियन्त्रण हुने सम्भावना क्षीण बन्दैछ ।
यस्तो प्रकोप चाहेर हुने होइन, कोही पनि मानिस स्वेच्छाले सङ्क्रमित हुन चाहँदैन, सङ्क्रमित बन्नु कुनै जघन्य अपराध पनि होइन । संसार नै आक्रान्त छ । दुई करोडभन्दा बढी मानिसमा सङ्क्रमणसँगै आठ लाखको ज्यान गैसकेको छ । हालसालैका थुप्रै अनुसन्धानात्मक शोधका अनुसार आर्थिक नोक्सानी त मापन तथा क्षतिपूर्ति बाहिर छ । अमेरिका, ब्राजिल र भारतजस्ता देशमा अधिक प्रयास बावजुद सङ्क्रमण नियन्त्रणबाहिर जाँदैछ । हामीमा त झन्डै ६० प्रतिशत सहजै निको भएका छन् । एक प्रतिशतभन्दा कम मात्र मृत्युदर छ । तसर्थ कोरोना सङ्क्रमण हुनु भनेको संसार नै डुब्नु होइन, अपराधी बन्नु होइन । सङ्क्रमितलाई हतोत्साही बनाउने तथा दोषी देखाउने दुष्कर्म गर्नुहँुदैन, हौसला र मनोबल दिनुपर्छ । असामाजिक गतिविधि गर्ने, अरूको मनोभावनामा ठेस पुर्याउने सङ्क्रमित अथवा जोखिमको सम्भावना भएका मानिसमाथि अमानवीय रूपमा प्रस्तुत हुने पटमूर्खता देखाउनु किमार्थ शोभनीय हँुदैन । सङ्कटमा अनुपम आपसी संयम देखाउनुपर्छ ।
संयमको स्वरूप
यो प्रकोपको सुरुवाती चरणदेखि नै आम मानिसको जीवनप्रति, सामाजिक, सार्वजनिक अनि पेसागत स्वरूप बदलिएका छन् । धेरैजसो मानिस स्वेच्छा अथवा बाध्यताले घरभित्र नै बसेको अवस्था छ । मिल्नेसम्मका काम विद्युतीय पद्धतिमा र‘वर्क फ्रम होम’को अवधारणमा चल्दैछन् । संसारभर ‘भर्चुअल वर्क सिस्टम’ प्रचलित बन्दैछ । बैंकिङ् तथा शिक्षण गतिविधिमा यसको ठूलो प्रयोग भएको छ । अनुसन्धानहरूले घरैबाट काम गर्दा प्रभावकारिता र कार्यसम्पादन झनै राम्रो भएका तथ्यसमेत सार्वजनिक छन् । तसर्थ महामारी नियन्त्रणपछि जनजीवन सामान्य भएपछि पनि थुप्रै काम घरबाटै हुने अवस्थामा जानसक्ने देखिन्छ । मुस्किलले ३० प्रतिशत रोजदार प्रदायकहरू नियमित सञ्चालनमा रहे पनि अधिकतम २५ प्रतिशतभन्दा माथि मानिसको रोजगारी नगुमेको तथ्याङ्क सार्वजनिक भएका छन् ।
केही यस्ता पेसाकर्मी व्यक्ति तथा संस्था हुनुहुन्छ जसलाई न त स्वेच्छाले न त बाध्यताले घर बस्ने छुट छ । सरकारसँगै स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरू अघिल्लो घेरामा रहेर यस महामारीबाट नागरिकलाई बचाउन दिलो ज्यान दिएर खटिरहनुभएको छ । सञ्चारकर्मीसमेत नागरिकलाई सुसूचित गर्न अग्रमोर्चामा नै हुनुहुन्छ ।
जसले आप्mनो ज्यानको बाजी लगाएर बाँकी समाजका लागि काम गरिरहेको छ र महामारीलाई समुदायमा पैmलिन नदिन हरसम्भव प्रयास गरेको छ उसैको अपमान हुने कार्य गर्नु निन्दनीय छ । अरू मानिस परिवारसँग बसेर समय बिताइरहेका बेला, कोही कतै ननिस्किएर आपूm र परिवारलाई सुरक्षित राख्ने अवसर पाएको बेला, जनजीवन सामान्य भएपछि फेरि निस्कौँला भनेर भोलिलाई समय साँचेको बेला सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई भने बेजोड व्यस्तता छ । उहाँहरू न त परिवारसँग बस्न पाउनुभएको छ, न त परिवार नै पूर्ण सुरक्षित रहने अवस्था छ । भोलिको समय उहाँको हातमा रहनेछ भन्ने कुनै निश्चित छैन । केही पहिले उपत्यका ट्राफिक प्रहरी प्रमुख भीमप्रसाद ढकाल घरभित्र नपसी गेटबाट नै आप्mना पुत्ररत्नलाई जन्मदिनको शुभकामना दिएर कार्यक्षेत्रमा फर्कनुभएको समाचार आएको थियो । यो एउटा प्रतिनिधि घटनामात्र हो । आम स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीबाट देशमाथि उच्च तहको योगदान हँुदैछ ।
समय परिस्थितिअनुसार देश निर्माणका लागि आवश्यक पर्ने योगदानको स्वरूप परिवर्तन हुन्छ । २८० वर्ष पहिले आधुनिक नेपालको भौगोलिक तथा सांस्कृतिक निर्माणमा तत्कालीन राजाबाट अतुलनीय योगदान भयो । राजनीतिक व्यवस्था परिवर्तनका लागि कुनै समय नेताहरूबाट एकहदको योगदान देशले प्राप्त गर््यो । अहिले आम मानवजीवनको रक्षाका लागि स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले त्यस्तै योगदान गरिरहनुभएको अवस्थालाई बिर्सनुहुँदैन । उहाँहरूकै कार्यकुशलताका कारण हामी सुरक्षित छौँ । आपसी सहयोग, सामीप्य, सद्भाव, सदाचार, शिष्टताको सट्टा विभिन्न ठाउँमा असामाजिक, अमानवीय गतिविधि देखिँदा कतै नागरिक विवेक मर्दै गएको त हैन भन्ने प्रश्न उठ्छ । अनावश्यक रूपमा आवागमन गर्ने, जनस्वास्थ्य तथा सामाजिक हितमा सरकारबाट जारी अनुरोधलाई अवमूल्यन गर्ने, लापरवाहीपूर्ण काम गर्ने कमजोरीसमेत
भएको देखिन्छ ।
अर्कोतिर समाज र मानवलाई जोगाउन अहोरात्र खटिएका र बाँकी समाजले भोलि सामान्य जीवन पाउँदा आपूmचाहिँ त्यो समयको अनुभवका लागि बाँकी रहन्छु कि रहन्न भन्ने अनिश्चिततामा नै हिँडिरहेका यो महामारी पराजित गर्ने यद्धका नायकहरूमाथि अशिष्टरूपमा प्रस्तुत हुनु घमण्डको अतिरञ्जनाबाहेक केही हुनसक्दैन । तत्काललाई आपूm उच्च जोखिममा नपरेको आधारलाई सामथ्र्य मानेर अरूमाथि घमण्ड देखाउनुभन्दा हरेको घमण्डको सामथ्र्य क्षणिक तर अन्ततोगत्वा हानिकरक हुन्छ भन्ने ज्ञानलाई आत्मसात् गर्न कोही पनि चुक्नुहँुदैन ।
सन् २०१२ नोभेम्बर ६ मा ‘साइन्टिफिक अमेरिकन माइन्ड’ पत्रिकामा प्रकाशित स्टान्डर्पmड विश्वविद्यालयकी सहप्राध्यापक इमा सेपालको अनुसन्धानात्मक लेख अनुसार प्राकृतिक विपत् अथवा अन्यखालका महामारीजन्य समस्याले आम मानवलाई जोड्छ । सङ्कटमा मानिसहरू आपसी आत्मीयता देखाउँछन् । भुइँचालो, नाकाबन्दी, नक्साक्रमणमा जस्तै कोरोना भयका बखत आम मानवबीच गहिरो प्रेम, विश्वास र आपसी सदभाव देखिनुपर्छ ।
आरोग्य तथा अहिंसा पूर्वीय दर्शनका प्रमुख लक्ष्य हुन् । हिंसा भनेको शारीरिक पीडा अथवा दुव्र्यवहार मात्र हैन । मानसिक तथा असामाजिक व्यवहार हिंसाको सबैभन्दा जघन्य स्वरूप हो । एक्काइसौँ शताब्दीमा विश्वको प्रधान चेतनशील प्राणी मानिएको मानवबाट नै यसरी गलत व्यवहार देखिँदा हाम्रो सोचाइको नीच अनि पशुवत् स्तरलाई उजागर गर्छ । ‘वसुधैव कुटुम्बकम्’ को हाम्रो संस्कृतिलाई चिर तथा चरम बर्खिलाप गर्दछ ।
इतिहास पढ्दा देशका लागि ज्यान दिएका अथवा दिन तत्पर भएका मानिसप्रति हामी नतमस्तक बन्छौँ । हिजो देशका लागि ज्यान दिने परिवेश र आवश्यकता भिन्न थियो । आज देश र समाज परिवर्तनका लागि बलिदान दिने प्रक्रिया फेरिएको छ, बाटो फेरिएको छ तर उहाँहरूको योगदानका कारण आगामी देश र बाँकी समाज अझ प्रगतिउन्मुख र सुरक्षित बनोस् भन्ने कामना तथा पवित्र उद्देश्य फेरिएको छैन । योगदानमा शिरोपर भएको लक्ष्य फेरिएको छैन । यात्रु फेरिए, मार्ग फेरियो, यात्रा शैली फेरियो तर गन्तव्य उही छ, पवित्रता फेरिएको छैन । राज्यको चरित्र ‘पोलिस स्टेट’ (विशेषतः सिमाना विस्तारमा चासो भएको राज्य)बाट ‘वेलफेयर स्टेट’ (लोककल्यणकारी राज्य)मा बदलिएपछि देशका लागि गर्ने योगदानको पद्धतिसमेत बदलिन्छ । अहिले त्यो योगदान मूलतः स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीबाट सम्पादन भैरहेको छ । देश र समाजका लागि ज्यानको बाजी लगाइराख्नुभएको छ । उहाँहरूप्रति नतमस्तक रहनुपर्छ, विराट् माया, असीम आभार व्यक्त गर्नुपर्छ ।
सबैले सतर्कता अपनाऔँ, सजग रहौँ । उहाँहरूलाई सहृदयी तथा सकारात्मक सहयोग गराँै । मिलेर मात्र महामारीलाई जित्न सकिन्छ । सक्नेले सङ्क्रमण नियन्त्रणमा प्रत्यक्ष योगदान गरौँ । उक्त काम गरिरहेकालाई सक्छाँै सम्मान गराँै, सक्दैनाँै अपमानित नगरौँ, असहयोग नगरौँ । उहाँहरूको मनोबल उच्च राख्न प्रयास गरौँ । उहाँहरूको अनुकम्पाले मात्र हामो बाँकी जीवन सुरक्षित रहन्छ । सत्य नबिर्सौं,
संयम नगुमाऔँ ।
(लेखक प्राध्यापन गर्नुहुन्छ ।)
Gorkha patra