पश्चिम नवलपरासीमा सर्पको टोकाइबाट एकको मृत्यु

0

उमेश बि.क / नवलपरासी ,१० भदौ

बड्हरामा सर्पको टोकाइबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ बड्हरा बस्ने बर्ष ४८ काे नरेश गुप्ता रहेको त्रिबेणी अार्मि क्याम्पले जनाएको छ । खेतमा माछा मार्न गएकाे अवस्थामा उनलाई विषालु सर्पले टोकेको थियो ।

उनलाई उपचारका लागि त्रिबेणी स्थित त्रिबेणी अार्मि क्याम्पमा पुर्याइएकाे थियो । थप उपचारका लागि बुटवल लगिने क्रममा उनको बाटोमा नै मृत्यु भएको समाजसेवी जन्मेजय यादवले जानकारी दिनुभएको हाे।

You might also like