मेयर जितेमा महानगरलाई ‘महाघर’ जसरी चलाउँछु : सिर्जना सिंह

0

 सत्ता गठबन्धनबाट काठमाडौं महानगर प्रमुखकी साझा उम्मेदवार सिर्जना सिंहले आफूले जितेमा महानगरलाई सबैको अपनत्व हुने गरी चलाउने बताएकी छिन् ।

शुक्रबार गठबन्धनले शान्ति बाटिकामा आयोजना गरेको संयुक्त आमसभामा महानगरलाई ‘महाघर’ जस्तो गरी चलाउने बताइन् । ‘कहिले पनि मतदाताको शीर निहुरिन दिन्नँ,’ उनको भनाइ छ, ‘माहनगरलाई महान घर बनाउने छु । म काठमाडौंलाई ‘महाघर’ जस्तो गरेर चलाउँछु ।’

उनले महानगरलाई सबै जातजातिको, सबैलाई सम्मान गर्ने र सबैको अपनत्व महसुस हुने महानगर बनाउने प्रतिवद्धता समेत जनाइन्।

महानगरमा सुशासन कार्यम गर्न, सामुदायिक विद्यालयको अवस्था सुधार गर्ने, सम्पदा संरक्षण गर्ने, हरियाली बढाउने लगायतका आफ्ना एजेन्डा भएको सिंहको भनाइ छ ।  onlinekhabar

You might also like