क्रान्तिकारी कम्युनिस्ट पार्टी ५ नं ब्युरोद्वारा स्वाधीन संयुक्त सरकारमा जोड
रुपन्देही – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्वाधीन संयुक्त सरकारमा जोड दिएको छ । शनिवार रुपन्देहीको सैनामैनास्थित पर्रोहामा पार्टीको पाँच नम्बर ब्युरोको बैठकमा प्रशिक्षणमा नेताहरुले स्वाधीन संयुक्त सरकार आवश्यक रहेको बताए ।
कार्यक्रममा पार्टी स्थायी समिति सदस्य कृष्णराज पौडेल, नेता प्रेम सुबेदी र ब्युरो सचिव जितामित्र सुनारलगायतले बोलेका थिए ।
सो अवसरमा पार्टीका नवलपरासी सहित ६ वटा जिल्लाको रिर्पाेटिङ समेत गरिएको सो पार्टीले जनाएको छ । बैठकले पार्टी केन्द्रको योजना अनुसारका संगठन र संर्घषका योजना समेत बनाएको ब्युरो सचिव सुनारले जानकारी दिए ।