जनसम्बन्ध विस्तार अभियान संचालन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी

0

काठमाडौं १५ फागुन – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चैत्र १ देखि बैशाख १८ सम्म ‘जनसम्बन्ध विस्तार अभियान’ सञ्चालनको तयारी गरेको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णय  बमोजिम स्थायी समिति सदस्यहरुको कार्यविभाजन समेत गरेको हो । केन्द्रीय समितिको बैठक पछि स्थायी समिति र पोलिटब्युरो बैठकले ‘जनसम्बन्ध विस्तार अभियान’को लागि आन्तरिक तयारी गरिरहेका छन् । देशमा चार स्थानमा चैत्र १ गते एकै साथ अभियान उद्घाटन हुदैछ । अभियानमा शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् । पूर्वमा पाँचथर र झापा पश्चिममा कञ्चनपुर र बैतडीमा अभियान उद्घाटन गरेर २०८२ बैशाख १८ गते काठमाण्डौमा सभा सहित समापन हुनेछ ।

You might also like