लिपुलेकमा भारत र चीन मिलेर बाटो बनाउनु नेपालको सार्बभौमसत्ता बिरोधी काम: गजुरेल
लिम्पियाधुराको विषयमा भारत र चीनबीच भएको द्विपक्षीय सहमतिविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको विरोध
काठमाडौ: लिम्पियाधुराको विषयमा भारत र चीनबीच भएको द्विपक्षीय सहमतिविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विरोध र्याली निकालेको छ। लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर्नुपर्नेलगायतका माग राख्दै आइतबार सो पार्टीले विरोध र्याली निकालेको हो । संविधान संशोधन नभई खारेज गर्नुपर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको माग छ। बिरोध सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबहाक महासचिव सिपी गजुरेल ‘गौरव’ भारत र चीन मिलेर नेपाली भुभाग लिपुलेकमा सडक निर्माण गर्नु नेपालको सार्बभौमसत्ता बिरुद्धको काम रहेको औल्याउनु भएको छ । आइतबार नेपाली भुमि लिपुलेक प्रयाेग गर्ने सम्बन्धमा भारत-चीनले गरेकाे सहमति विरुद्ध पार्टीले शान्तिबाटिकामा आयोजना गरेको विराेध प्रदर्शनकाे क्रममा नेता गजुरेलले भन्नुभयो “भारतको त छिमेकीको सीमा मिच्ने काम नै हो । अहिले चीनले पनि हाम्रो जमिन मिचेको देख्दा अचम्म मान्नु परेको छ । भारत चीन मिलेर लिपुलेक हुँदै मानसरोवर जाने बाटो बनाएका छ्न, यसको प्रतिवाद गर्दै जनतालाई हामीले सचेत गराउनुपर्छ । ” नेता गजुरेलले चीनियाँ नेताहरुले बेला बेला नेपालको सार्बभौमसत्ता बिरुद्व जाने कसैलाई छोडदैनौ भन्ने गरेको भन्दै लिपुलेकमा भारत सङ्ग मिलेर नेपालमा बाटो बनाउने काम के हो ? भन्ने प्रश्न गर्नुभयो। बिरोध सभा अघि बिभिन्न नाराबाजी गर्दै जूलूस निकालिएको थियो । सो अवसरमा रास्ट्रिय स्वाधीनताको रक्षाको पक्षमा,सहकारी घोटाला र भ्रष्टाचारको विरुद्ध,संविधान संशोधन होइन खारेज गर्नुपर्ने लयायतको नारा लगाइएको थियो ।