सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा
काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्कालीन नेकपाका नेतृत्वले ५० वर्षसम्म कांग्रेस सरकारमा आउँदैन भने पनि आगामी चुनावमा आफूहरूले बहुमत ल्याउने बताएका छन् ।
त्यस्तै तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीको ‘कांग्रेस ५० वर्षसम्म सरकारमा आउँदैन’ भन्ने अभिव्यक्तिलाई उल्लेख गर्दै थापाले भने, ‘यही हलबाट होइन नेकपाले अब ५० वर्ष कांग्रेस सरकारमा आउँदैन भनेको । कांग्रेसको अन्तिम सरकार यही हो भनेको होइन ?’
महामन्त्री थापाले स्थानीय तहको चुनाव तोकिएकै मिति वैशाख ३० गते नै भए पनि संघीय चुनाव भने अगाडि पनि हुन सक्ने बताए । प्रतिपक्षी दल एमालेले लगातार संसद् अवरुद्ध गरिरहने हो भने संघीय चुनाव अगाडि पनि हुन सक्ने उनको भनाइ थियो । साथै आगामी चुनाव कांग्रेसले जित्ने पनि उनको दाबी छ । ‘यस पटक सानदार ढंगले चुनाव जितेर ५ वर्ष कांग्रेसले सरकार चलाउँछ,’ उनले भने ।kantipurnews