बर्दिया जिल्लाको वडा वडामा क्रान्तिकारी माओवादीको सांगठनिक गतिविधि

0

आयुष न्यौपाने बर्दिया ३१ भदौ :

नेकपा ( क्रान्तिकारी माओवादी ) बर्दिया जिल्ला संगठन समिति अन्तरगत बारबर्दिया नगरपालिका वडा नम्बर – ९ वडा कमिटीको बैचारिक प्रशिक्षण तथा भेला खैरेनीमा भएको छ । भेलामा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य संकुलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि संकुलले संगठन विना संर्घष गर्न नसकिने पार्टीको मुल्याँकन रहेकोले त्यो जिम्मेवारी पूरा गर्न गाउ गाउमा क्रान्तिकारी माओवादी आएको बताउनुभयो । उहाँले बामपन्थी भनिएको नेकपा नामक नक्कली कम्युनिष्टहरुको मुखुण्डो च्यातिएकोले जनतामा क्रान्तिकारीहरु जानुपर्ने बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अर्जुन, बर्दिया जिल्ला सेक्रेटरी बिपिनलगायतको आतिथ्यता रहेको थियो । भेलाले.टोपबहादुर श्रीसको नेतृत्वमा ९ सदस्यीय वडा कमिटी चयन गरेको छ । श्रीसलाई कमिटीको सेक्रेटरी बनाइएको छ भने ८ जना सदस्य रहेका छन् । त्यस्तै भेलाले भिकु चौधरीको अध्यक्षतामा १३ सदस्सीय देशभक्त जनगणतान्त्रिक मोर्चा गठन गरेको क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी विपिनले जानकारी दिनुभयो । त्यस्तै भेलाबाटै क्रान्तिकारी युवा लीग वडा कमिटी गठन भएको छ । ७ सदस्सीय लीगको अध्यक्षमा राजेन्द्र थापा रहेको बताइएको छ । क्रान्तिकारी माओवादी बर्दियाले जनयुद्धका शहिद तथा बेपता परिवार एंव योद्धाहरु भेटघाटलाई तीब्र बनाएको छ । कार्यक्रम अन्तरगत गेरुवा गाउपालिकामा शहिद तथा बेपता परिवार एंव घाइते योद्धाहरुसंग समेत छलफल गरिएको थियो । त्यस्तै क्रान्तिकारी माओवादीले जनताको मुद्धामामिलामा समेत चाँसो राख्दै आएको जनाएको छ ।

समाजमा रहेका अन्तरबिरोधको पहिचान गर्दै जनताको समस्यालाई समाधान गर्ने क्रममा १४ कट्ठा दृष्टिबन्धक भनेर बेचेको अभियोगमा स्थानीय दिर्घनारायण भुसाललाई जनताको अदालतमा उभ्याएको छ । भुसालले स्थानीय कृषकको जग्गा दृष्टिबन्धक भनेर बेचेकोमा अदालतले समेत पिडकको पक्षमा फैसला गरेकोमा उक्त फैसलालाई उल्टाएर पिडितपक्षलाई न्याय दिएको क्रान्तिकारी माओवादीले जनाएको छ ।

You might also like