रामग्राम नगरपालिकाको अनुगमन भत्ता प्रकरणमा गठित छानविन समितिको प्रतिबेदन सार्वजनिक माग

0

नवलपरासी – रामग्राम नगरपालिकाको अनुगमन भत्ता प्रकरणमा गठित छानविन समितिको प्रतिबेदन सार्वजनिक गर्न माग गरिएको छ । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रामग्राम नगर संगठन समितिले उक्त माग गरेको हो । रामग्राम नगरपालिकामा बनेको मुल्यांकन समितिले नियम विपरित २५ लाख रुपैया भत्ता लिएको बिषय यस अघि सार्वजनिक भएको थियो । भष्ट्रचार एंव कमिशनखोरी तथा नदीजन्य पद्धार्थको दोहन रोक्न गर्न माग पार्टीले गर्दै रामग्राम नगरपालिकालाई १९ बुदें माग पत्र पेश गरेको हो ।
मंगलवार सो पार्टीको रामग्राम नगर संगठन समितिले नगर प्रमुख धनपद यादव समझ नगरपालिका क्षेत्र भित्रका बिभिन्न समस्या सहितको १९ बुदें ज्ञापनपत्र बुझाएको थियो ।
सो ज्ञापन पत्रमा शिक्षा, स्वास्थ्य, सुशासन, भुमिहीन, किसान, मजदुर लगायतका थुप्रै क्षेत्रका माग समाबेश गरिएको पार्टीका नगर ईन्चार्ज जयफुल्लाह हसनले जानकारी दिनुभयो ।
ज्ञापन पत्रमा अनुगमन भत्ता प्रकरणमा गठित छानविन समितिको प्रतिबेदन सार्वजनिक गर्न माग गरिनुका साथै हाल सम्मका जनप्रतिनिधिहरुको तीन पुस्ते सम्पत्ति छानविन गरी सार्वजनिक गर्नुपर्ने, सार्वजनिक खरिद ऐनलाई पालना गर्दै खरिदलाई पारदर्शी बनाइनुपर्ने , मर्मत गरेर संचालन हुन सक्ने सामानहरु कमिशनको लोभमा नयाँ खरिद गर्ने प्रबृति अन्त्य गर्नुपर्ने, खोलाहरुमा नदीजन्य पद्धार्थको दोहन अन्त्य गर्न चोरी निकासी बन्द गर्नुपर्नेलगायतका माग समाबेश छ ।
पार्टीका नगर संयोजक सुर्य प्रसाद सापकोटाका अनुसार ज्ञापन पत्रमा नगर क्षेत्र भित्र रहेको उद्योगहरुको लगत संकलन र रोजगारीको अवस्थाको बिश्लेषण गरेर रोजगारीमा स्थानीयलाई प्राथमिकता दिईनुपर्ने , रामग्राम–४ केरवानीमा रहेको परासी बसपार्क यथाशिघ्र संचालन गर्नुपर्ने , रामग्राम विकास समितिलाई पुर्णता दिएर कार्यान्वयनमा ल्याईनुपर्ने उल्लेख छ ।

त्यस्तै ज्ञापन पत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रका मागलाई प्राथमिकतामा साथ उठान गरिएको सो पार्टीले जनाएको छ ।
बि.स.२०८३ भित्र शिक्षा र स्वास्थ्यमा नीजिकरण मुक्त नगरपालिका घोषणा गर्न समेत ज्ञापन पत्रमा माग गरिएको छ । सरकारी कर्मचारी र जनप्रतिनिधिहरुका सन्तान सामुदायिकमा पढाउने अभियान थालनी गर्न प्र.अ नियुक्तिलाई दलीय भागबण्डा नभई योग्यता क्षमताका आधारमा निष्पक्ष बनाउन , युवा तथा खेलकुद क्षेत्रलाई बिशेष महत्वका साथ बजेट बिनियोजन गर्न, कृषकलाई मल बीउ तथा सिंचाईको उचित ब्यवस्थापन गर्दै अनुदानको पारदर्शी वितरण गर्न, ज्ञापन पत्रमा माग गरिएको छ ।

त्यस्तै भारतबाट आयात हुने बिषादीयुक्त कृषिजन्य उत्पादन जस्तैः तरकारी, फलफूल, माछा, मासु र दुधजन्य आयातमा रोक लगाइनुपर्ने , जनपक्षीय पत्रकारितालाई बढावा दिएका साना तथा स्वरोजगारमुलक स्थानीय संचारमाध्यमलाई समानुपातिक रुपमा बिज्ञापन तथा कार्यक्रम प्रदान गर्नुपर्ने, जोताहा किसानहरुलाई दशकौं वर्षदेखि जोतभोग गरिएको जमिन सम्बन्धित जोताहा किसानलाई विना शर्त उपलब्ध गराइनुपर्ने ,भुमिहीन तथा सुकुम्बासीका जग्गा पटक पटक नापी मात्र गर्ने नभई निर्वाचनमा बाचा गरे अनुसार यथाशिघ्र लालपुर्जाको ब्यवस्थापन गर्नुपर्ने , सार्वजनिक जग्गा मिचेर गरिएका जग्गा प्लटिङ यकिन गरेर उक्त जग्गा पालिका मातहत ल्याइनुपर्ने, विकास निर्माण तथा आयोजनामा भएका भ्रष्टाचारको छानविन गरी अलपत्र पारिएका योजनाहरु सम्पन्न गर्न तत्काल पहल गर्नुपर्ने र मिटरब्याजी एंव सहकारी पीडित सम्बन्धित माग रहेका छन् ।
टोलीमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेय,अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटा बिद्यार्थी नेता आकाश गौतम लगायतको बिशेष उपस्थिति थियो । ज्ञापन पत्र बुझ्दै रामग्राम नगरपालिका नगर प्रमुख धनपद यादवले पार्टीले राखेका जायज मागलाई साधन स्रोतले भ्याए सम्म पूरा गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

 

 

 

 

 

You might also like