काेराेनाबाट बच्न सामाजिक दुरी जरुरी छ : अध्यक्ष चाैधरी

0

 उमेश बि.क / नवलपरासी ,साउन

विश्वभर महामारीको रुपमा फैलीरहेको Covid-19अर्थात Corona(कोरोना) virus को प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा हाल नेपालपनि उच्च जोखिमको सुचिमा रहेकोले काेराेनाबाट बच्ने उत्तम उपाय भनेको सामाजिक दुरी रहेको अध्यक्ष चाैधरीले बताउनुभयो । काेराेनाकाे प्रभाव नियन्त्रण र जोखिम बाट वच्न उच्च सतर्कता अपनाइ रहेको अवस्था रहेकोमा आम जनसमुदाय,सरोकारवाला पक्ष तथा नेपाल सरकार र स्थानीय तहबाट जारी सुचना तथा नियमलाई पुर्णरुपमा पालना गर्नुहुन अनुरोध समेत गर्न गर्नुभएको छ। हाल समुदाय स्तरमा काेराेना देखा परेकाे हुनाले सावधानी अपनाउन तथा नियम पालना गर्न समेत अनुराेध गर्नुभएको छ । मानव जिवनमा स्वास्थ्य सबैभन्दा ठुलाे धन भएको हुनाले अाफ्नाे स्वास्थ्य प्रती सबैले ख्याल राखेर स्थानीय तहले जारी गरेको निर्णय हामी सम्पुर्ण जनताको भलाइकाे लागि भएको हुनाले यसप्रति ध्यान दिन समेत अाग्रह गर्नुभएको हाे। गाउँपालिका भित्र सन्चालन हुने हाटबजार ,मेला , सभासम्मेलन पुर्ण रुपमा राेक लगाइएको जानकारी गराउदै विभिन्न संघ संस्थाले सावधानी अपनाउदै समाजिक दुरी कायम गरि मास्क र सेनिटाइजरकाे प्रयाेग सहित अात्म सुरक्षामा ध्यान दिन प्रेस बिज्ञप्ति मार्फत जानकारी गराउनु भएको हाे।

समुदाय स्तरमा काेराेना देखिएकाे हुनाले दैनिक कार्य सन्चालन गर्दा अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्ने ,साबुनपानीले हात धुने तथा सुरक्षाको उपाय अवलम्बन गर्ने र संक्रमण भइसके पश्चात पालिका पुर्ण रुपमा लकडाउन गर्नुपर्ने भएकोले बेलैमा सचेचभई संक्रमणबाट बच्ने उपाय अपनाउनुहुन तथा सम्बन्धित निकायसँग हातेमालो गर्दै अगाडि बढ्नुहुन सम्पुर्ण गाउँपासिलाई अनुरोध समेत गर्नुभएको हाे।

You might also like