समाजवादी वा पुँजीवादी व्यवस्थाबारे जनमत संग्रह गरौँ : चन्द

0

काठमाडौँ : नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताले समाजवाद चाहन्छन् कि पुँजीवाद चाहन्छन् भन्ने विषयमा जनमत संग्रह गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।
आइतबार माडी गाउँपालिका–२ रोल्पा, घर्तीगाउँमा पार्टीको कार्यक्रममा बोल्दै उहाँले पञ्चायतले समेत जनमत संग्रह गरेको अवस्थामा जनताको मताधिकारलाई रोक्न नमिल्ने उहाँको भनाइ थियो ।

‘जनताले समाजवाद चाहन्छ कि अहिलेको पुँजीवादी व्यवस्था चाहन्छ, त्यसबारे जनमत गरौँ । हामी समाजवादको पक्षमा लड्छौँ । यही व्यवस्थालाई भोट दिएछन् भने हामी मान्छौँ । तर देश पुरै कंगाल हुँदै जाने, ध्वस्त हुँदै जाने, निकास पनि दिन नमान्ने, हाम्रो विरोधी तत्वहरूले टाउको उठाउने, देश छिन्नभिन्न हुने अवस्थामा चुप लागेर बस्न हुँदैन’, उहाँले भन्नुभयो ।

You might also like