ईलाका प्रहरी कार्यालय बर्दघाटद्वारा राय सुझाव संकलन तथा परिचयात्मक कार्यक्रम

0

बर्दघाट १८ पुष – ईलाका प्रहरी कार्यालय बर्दघाटले राय सुझाव संकलन तथा परिचयात्मक कार्यक्रम गरेको छ । शनिवार भएको कार्यक्रममा यसक्षेत्रका बिभिन्न ब्यक्तिहरुले प्रहरीलाई सुझाव दिएका थिए ।

No description available.

कार्यक्रममा जनप्रतिनिधिका साथै क्रियाशिल राजनैतिक दल एंव बिभिन्न संघसस्थाका प्रमुख एंव प्रतिनिधि सहभागी भएका थिए । प्रहरी निरिक्षक होमनाथ रेग्मी तालिममा गएपछि नयाँ आउनुभएका प्रहरी निरिक्षक कपिल वाग्लेको स्वागतमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बर्दघाट ४ मा वडाध्यक्ष रविन्द्र बिक्रम हमाल १ का मोलीलाल सुनार २ की दया दर्लामी २ का रुद्रप्रसाद न्यौपाने ५ का रेश्मीराज भट्टराई ६ का रोहित थारु , ११ का तीर्थराज फौजदार र १२ का मानबहादुर मल्ल सहभागी हुनुभएको थियो । कार्यक्रममा नेकपामा नगर अध्यक्ष इन्द्र कुमार राना , नेपाली काँग्रेसमा सभापति शम्भुलाल श्रेष्ठ जसपाका गुलाब चौधरी, क्रान्तिकारी माओवादीका रामचन्द्र पोखरेल, राप्रपाका प्रकाश रायमाझी, राष्ट्रिय जनमुक्ति पार्टीका प्रेम राना रेडक्रस बर्दघाट सभापति नारायण अधिकारी , नेपाल महिला संघ नगर सभापति ज्ञानीमाया लामालगायतले सुझावलगायतले ईलाका प्रहरी कार्यालयको नयाँ नेतृत्वलाई सुझाव दिनुभयो । कार्यक्रममा प्रहरी निरिक्षक वाग्लेले आफूले कानुन कार्यावन्यवनको पक्षका काम गर्नै प्रतिबद्धता जनाउनुभयो । उहाँले नागरिकको सहयोगबाट मात्र प्रहरीले अपराध नियन्त्रण गर्न सक्ने औल्याउनुभएको थियो ।

You might also like