चितवनमा मनाइयो सहिद सप्ताह
प्रेम प्रसाद कण्डेल
चितवन – सहिद सप्ताहको छैठौ दिन पुर्वी चितवनको पाकडीबासमा एक कार्यक्रम गरि सहिद स्मरण गरिएको छ । नारायण गढ लोथर लोकमार्गको मध्य भागमा पर्ने बैरहनी चोकबाट झण्डै डेढ किलोमिटर उत्तरतिर पाकडीबास बस्ती छ ।
बि.स. २०६१ साल बैशाख २९ गते तात्कालिन नेपाली सेनाले ने.क.पा. माओवादीका होनाहार युवा कार्यकर्तालाइ कब्जामा लिई उनीहरुलाइ नै खाल्डो खन्न लगाए पश्चात गोली हानेर सामुहिक हत्या गरि चिहान पारिएको स्थानमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
स्थानीय किसान महिला मायादेवी अधिकारीका अनुसार दिउँसो अन्दाजी सयौँको संख्यामा आएका नेपाली सेनाले राम बहादुर खड्का, ऋषि रेग्मी, टीका अधिकारी, मनोज चौधरी र ऐन कुमारी तामाङ को बीभत्स हत्या गरेको थियो ।
सहिदहरुप्रती श्रद्धाञ्जलीबाट सुरु भएको स्मरण सभामा सो घटनाको दिन घेरा तोडेर भाग्न सफल तात्कालिक पुर्वी चितवनका इन्चार्ज एबं हाल नेकपा (क्रान्तिकारी माओवादी ) केन्द्रीय सल्लाहकार तथा किसान नेता भुमिश्वर कण्डेल भावपुर्ण शैलिमा सहयोद्धाहरु मधु उप्रेती , रामचन्द्र पाठकलगायतलाई सम्झदै आफ्नो अनुभूति पेश गर्नु भयो ।
जिल्ला सेक्रेटरी बाबुराम प्यासीको उद्घोषणमा संचालित उक्त सभामा कवि मोदनाथ मरहट्टाले सहिद सम्झना सहित जोशिलो कविता वाचन गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा नेकपा (क्रान्तिकारी माओबादी) के स तथा चितवन जिल्ला इन्चार्ज कमरेड घननाथ सापकोटाले सहिदहरुको आदर्श पछ्याउदै उनीहरुको सपना मर्न नदिने अठोट ब्यक्त गर्नु भयो ।