ग्रामीण साकोसद्धारा र खुसीयाली आदान प्रदान
रवि पाण्डेय
नवलपरासी (जिमिरेभार) – बर्दघाट –७ जिमिरेभारमा केन्द्रीय कार्यालय रहेको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले देशकै सर्वाेत्कृष्ट सहकारी भएपछि शुक्रवार खुसीयाली आदान प्रदान कार्यक्रम गरेको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था (नेफ्स्कून)को काठमाण्डौमा भएको साधारणसभामा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सर्वाेत्कृष्ट सहकारीका रुपमा ग्रामीणलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
खुसीयाली आदान प्रदान कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष तथा सल्लाहकार रविन्द्र बिक्रम हमालले देशकै सर्वाेत्कृष्ट साकोस भएकोमा वर्तमान संचालक तथा संस्था परिवारलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार बद्रीनाथ खनाल, बसन्त कुमार रेग्मी, राम प्रसाद पौडेल ,कुलदेब श्रेष्ठ, सेवा केन्द्रको तर्फबाट सोबिर पुन र ब्यवस्थापनको तर्फबाट अर्जुन क्षेत्रीले बोल्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष देवी प्रसाद अधिकारीले बि.स.२०५१ सालमा स्थापना भएको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यसअघि पनि विभिन्न पुरष्कारहरु पाइसकेको जानकारी गराउदै संस्थालाई अझ उचाईमा लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रम राधा ढकालको संचालनमा भएको थियो । संस्थामा १० हजार ४ सय ७० शेयर सदस्य र ८ करोड १४ लाख २९ हजार ६ सय शेयर पुँजी रहेको छ ।