नेकपा(बहुमत)को निर्वाचन अबज्ञाको प्रचार तीब्र
बर्दघाट – पश्चिम नवलपरासीमा नेकपा(बहुमत)ले निर्वाचन अबज्ञाको प्रचार तीब्र बनाएको छ । सो क्रममा पर्चा पम्पलेट बितरण तथा भित्तेलेखनका कार्यहरु तीब्र भएको जिल्ला संयोजक बिजयले जानकारी गराउनुभयो ।
जिल्लामा नेकपा (क्रान्तिकारी माओवादी) नेकपा (बहुमत), नेकपा मशालले निर्वाचन बहिष्कार तथा अबज्ञा गर्दै आएका छन् । विप्लव नेतृत्वको नेकपाले निर्वाचन खारेजीको माग गर्दै कार्यक्रम गर्दै आएको छ ।