कपिलबस्तुमा प्रहरी अवरोध बीच बहिष्कार अभियान संचालन
प्रशासन भन्छ : अबरोध होइन सम्झाएका मात्र हौं
कपिलबस्तु – नेकपा(क्रान्तिकारी माओवादी)कपिलबस्तुमा आयोजना गरेको निर्वाचन बहिष्कार अभियानलाई प्रहरीले अबरोध गर्दै आएको छ । ईलाका प्रहरी कार्यालय पिपराको टोलीले विहीवार बहिष्कारका १० जना अभियन्ताहरुलाई गिफ्तार गरेको छाडेको थियो । तर पुन : शुक्रवार बाणगंगा ९ जिनुवामा आयोजित कार्यक्रममा अवरोध गरेको छ । शान्तिपुर्ण कार्यक्रममा अबरोध गरेको भन्दै निर्वाचन बहिष्कार पक्षधर दल तथा जनताले प्रहरी प्रशासनको आलोचना गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सार्वजनिक रुपमा निर्वाचन बहिष्कार सम्बन्धि सभा गर्न नमिल्ने भएकोले सार्वजनिक रुपमा बहिष्कारमा हिडेकाहरुलाई सम्झाई बुझाई मात्र गरिएको दावी गर्नुभयो । उहाँहरु राजनैतिक कर्मी भएकोले सम्झाई बुझाई गरेका छौ – मिश्रले भन्नुभयो – कुनै अवरोध गरेका छैनौ ।