क्षेत्रको विकासमा लाग्ने काँग्रेस नेता चौधरीको प्रतिबद्धता
नवलपरासी – नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नवलपरासी पश्चिम क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेदवार बिनोद चौधरीले आफूले नै युवाको प्रतिनिधित्व गर्ने दावी गर्नुभएको छ ।
आइतवार बर्दघाट–१ पुरानो माकर बस्तीमा आयोजना गरिएको भेटघाटमा उहाँले प्रत्येक यु्वाले देखेको सपनालाई आफ्नै सपना जस्तै मानेको जिकिर गर्नुभयो । ‘प्रत्येक युवाले देखेको सपना पुरा गर्न म यो क्षेत्रमा आएको छु’ –चौधरीले भन्नुभयो । – ‘प्रत्येक गृहणीको सपना पुरा गर्न यहाँ आएको छु । सबैको जिविकोपार्जनका आधारहरु नियालिरहेको छु । क्षेत्रको विकासमा लागिरहने प्रतिबद्धता गर्दछु ।’
उहाँले हरेक नागरिकका समस्या संग आफू जानकार रहेको बताउदै काँग्रेसले राज्यमा दिगो खालको सरकार चाहेको समेत उल्लेख गर्नुभयो ।