लुम्बिनी प्रदेश क्रान्तिकारी माओवादीमय ( फोटो फिचर )

निर्वाचन वा संसद पुर्नस्थापनाले समस्याको निकास नदिने जिकिर

0

रवि पाण्डेय/टेक मास्की/आयुष न्यौपाने
बुटवल १ फागुन : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) देशैभर जनयुद्ध दिवस मनाएको छ । सोही क्रममा लुम्बिनी प्रदेशका बिभिन्न स्थानमा दिवस मनाइएको छ ।

सो पार्टीले भैरहवा, नेपालगन्ज, दाङको घोराही, प्युठान, अर्घाखाँची, गुल्मीमा कार्यक्रम गरी मनाइएको हो ।
रुपन्देही,कपिलवस्तु र पश्चिम नवलपरासीको संयुक्त आयोजनामा शनिवार भैरहवामा २६ औं जनयुद्ध दिवस मनाइएको छ ।
पार्टीले रातो युवा मार्चपाससहित जनयुद्ध दिवस मनाइएको हो ।

भैरहवाको बुद्धचोकमा आयोजित कार्यक्रममा बोल्दैं पार्टीका पोलिटव्यूरो सदस्य प्रेम सुवेदीले जनयुद्धका अधुरा कामलाई आफुहरुले पुरा गर्नका लागि संघर्षलाई निरन्तरता दिएको बताउनुभयो । उहाँले पुष ५ को घट्नाबाट मुलुकमा संकट गहिरिएको भन्दैं निर्वाचन वा संसद पुर्नस्थापनाले समस्याको निकास नदिने जिकिर गर्नुभयो ।

अर्का पोलिटव्यूरो सदस्य धनेश्वर पोख्रेलले जनयुद्ध पुरा नहुंदैं नेतृत्वले धोका दिएकाले त्यसलाई पुरा गर्न आफुहरु लागिपरेको बताउनुभयो । केपी ओलीको राजावादी र प्रचण्डको यथास्थितिवादी सोचबाट मुलुकले निकास पाउंन नसक्ने भन्दैं उनले नयां जनवादी क्रान्ति हुंदैं वैज्ञानिक समाजवादमा जानुपर्नेमा जोड दिनुभयो ।
पार्टीका केन्द्रीय सदस्य पिताम्बर आचार्यले पुरानो सत्ता खारेज गरि नयां राज्य सत्ता स्थापनाका लागि आफुहरु फेरी हतियार उठाउंन पछि नपर्ने चेतावनी दिनुभयो । कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपालका केन्द्रीय सदस्य टिपु सुल्तान,क्रान्तिकारी युवा लिगका केन्द्रीय सदस्य प्रगति राना,पार्टी,रुपन्देहीका सेक्रेटरी बिनोद मरासिनी ,कपिलवस्तुका सेक्रेटरी आकाश लगायतले बोल्दैं विद्धमान प्रतिक्रियावादी राज्यसत्तालाई छिटो अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम पश्चिम नवलपरासीका सेक्रेटरी छबि खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम पूर्व सो पार्टीले भैरहवाको देवकोटाचोकबाट युवाहरुको रातो मार्चपाससहित ¥याली निकाली भैरहवा बजार परिक्रमा पश्यात बर्मेलीटोलको बुद्धचोमा आएर विरोध सभामा परिणत भएको थियो ।त्यस्तै नेपालगंजमा भएको कार्यक्रममा पोलिटब्युरो सदस्य केबी गुरुंगले संसदीय ब्यवस्थाको अबधि पुगेकोले यसलाई धक्का दिनुपर्ने बताउनुभयो ।
त्यस्तै अर्का पोलिटब्युरो सदस्य तथा प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपानेले संसदवादीहरुबीच चलेको रोइलोले क्रान्तिकारी पंक्तिलाई उत्साहित बनाएको बताउनुभयो ।

कार्यक्रममा बाँके बर्दिया ईञ्चार्ज तेजबिक्रम शाही बाँके सेक्रेटरी सुरेश वली बर्दिया सेक्रेटरी बिपिन रोका देजमोका केन्द्रीय सदस्य लक्ष्मी चौलागाई , प्रदेश सहसचिव बिक्रम भण्डारीलगायतले मन्तब्य राखेका थिए ।

 

 

You might also like