चितवन- २ बाट रवि लामिछानेले दिए उम्मेदवारी
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् । लामिछानेले आइतबार दिउँसो भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।
यसअघि रवि चितवन-3 बाट उठ्ने चर्चा थियो ।
चितवन-२ मा एमालेबाट कृष्णभक्त पोखरेल र सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार छन् । khabardabali