बर्दघाट नगरपालिकाद्धारा कर्मचारीहरुलाई सम्मान

0

बर्दघाट – पश्चिम नवलपरासी जिल्लामा स्वास्थ्यको क्षेत्रमा बर्दघाट नगरपालिका पहिलो हुन सफल भएको भन्दै बर्दघाट नगरपालिकाले स्वास्थ्य शाखाका कर्मचारीहरु संगै नगरका शाखा प्रमुखहरुलाई सम्मान गरेको छ ।
जिल्लामा रहेका ७ वटा पालिकाहरुको वार्षिक स्वास्थ्य समिक्षा कार्यक्रममा तोकिएका बिभिन्न सुचकहरुको मापनमा बर्दघाट नगरपालिका पहिलो स्थानमा आउन नगरका कर्मचारीको टिमले निक्कै मिहनत गरेको भन्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठ,उप प्रमुख रुद्र प्रकाश उपाध्याय र प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले शाखा प्रमुखहरुलाई सम्मान गर्नु भएको थियो । प्रमुख प्रसाशकिय अधिकृत कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा नगरपालिकाको सभाहलमा भएको नगरको मासिक प्रगति अर्थात स्वास्थ्य सुचक समिक्षा कार्यक्रममा शाखा प्रमुखहरुलाई सम्मान गरीएको थियो । आ.ब. २०७८÷०७९मा नवलपरासी जिल्लाको वार्षीक स्वास्थ्य समिक्षा कार्यक्रममा दोस्रो स्थानमा सरावल गाउँपालिका र तेस्रोमा प्रतापपुर गाउँपालिका भएको थियो ।

You might also like