कर्मचारी भर्नाको अन्तर्वार्ता लिइरहेका विषयविज्ञ नै बेहोस भएपछि…

0

कैलालीको एक पालिकामा कर्मचारी भर्नाका लागि अन्तर्वार्ता लिने क्रममा विषयविज्ञ नै बेहोस भएर ढलेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिकामा अमिन पदमा कर्मचारी भर्नाका लागि अन्तर्वार्ता लिने क्रममा (विषयविज्ञ) कर्मचारी बेहोस भएका हुन् ।बर्दगोरिया गाउँपालिकाका सूचना अधिकारी झुपीराज ओझाका अनुसार आज (सोमबार) नापी कार्यालय कैलाली, धनगढीका कर्मचारीसमेत रहनुभएका विषयविज्ञ रणसिंह रावल अन्तर्वार्ता लिँदालिदै बेहोस हुनुभएको हो । उहाँ सर्ट लिस्टमा परेका आवेदकहरुलाई अन्तर्वार्ता लिने क्रममा बान्ता भएर बेहोस भई ढलेको बताइएको छ ।

‘कर्मचारी भर्ना गर्न अन्तर्वार्ता लिइरहनुभएको थियो। उहाँलाई एक्कासी चक्कर आयो, अनि बान्ता भएपछि बेहोस हुनुभयो।’ सूचना अधिकारी ओझाले भन्नुभयो । अन्तर्वार्ताकै क्रममा उहाँ बिरामी भएको हुन् । अहिले उहाँको बर्दगोरिया अस्पतालमा उपचार भैरहेको बताइएको छ । रावलको अवस्था अहिले सामान्य छ ।

अमिन पदका लागि भइरहेको अन्तर्वार्तामा २२ जना आवेदक सहभागी थिए । जसमध्ये ९ जनाको अन्तर्वार्ता सकेर १०औं जनाको अन्तर्वार्ता लिइरहेका बेला रावल ढलेका थिए । रावल अस्वस्थ भएपछि अहिले अन्तर्वार्ता भने रोकिएको छ । गाउँपालिकाले ४ जना अमिन भर्ना गर्न लागेको थियो । newsofnepal

You might also like