प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक

0

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ ।

मुख्यमन्त्री राईकी आमा ८४ वर्षीया धनकुमारी राईको सोमबार बिहान १० : २५ मा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि धनकुमारीको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन कक्षमा उपचारका क्रममा उपचार भइरहेको थियो ।

धनकुमारीको बिहान उपचारकै क्रममा मृत्यु भएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ ।

उनको पार्थिव् शरीर श्रद्धाञ्जलीका लागि अस्पतालकै प्राङ्गणमा राखिएको छ ।

धनकुमारी विक्रम सम्बत १९९५ मा भोजपुरको तिम्मा गाउँमा जन्मिएकी हुन् ।onlinekhabar

You might also like