देशभक्त जनगणतान्त्रिक मोर्चा,गण्डकी प्रदेश सम्मेलन हुने

पोखरा – ‘संघीय जनगणतन्त्र स्थापनाका लागि देजमो नेपालको आन्दोलन, जनतन्त्र, जनजीविका र राष्ट्रिय स्वाधिनताका पक्षमा प्रथम प्रदेश सम्मेलन’ भन्ने मूल नाराका साथ गण्डकी प्रदेश देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम प्रदेश सम्मेलन हुने भएको छ ।
मोर्चाको प्रथम प्रदेश सम्मेलन पोखरामा यहि ८ गते हुने भएको हो। प्रदेश सम्मेलनको लागि जनपरिचाल तथा सांगठनिक काम र अन्य व्यवस्थापकिय कामहरु अन्तिम चरणमा पुगेको मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश नम्बर चारका संयोजक केशबहादुर परियारले जानकारी दिनुभयो । त्यस्तै शुक्रबार हुने सम्मेलनका लागि जिल्लाहरुबाट छानिएका १२४ जना प्रतिनिधिहरु सहभागी हुने बताइएको छ ।
त्यस्तै भव्य कार्यक्रमबीच मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेल गौरवद्धारा प्रदेश सम्मेलनको समुद्घाटन गरिने जनाइएको छ ।