समाचारको विषयलाई लिएर गरिएको अभद्र व्यवहारको क्रान्तिकारी पत्रकार महासंघले ग¥यो घोर भत्र्सना

0

काठमाडौं । नदी दोहनको समाचारको विषयलाई लिएर नवलपुर ट्याक्टर समिति अन्तर्गतको कावासोती उपसमितिले संगठनका महासचिव रामकुमार श्रेष्ठ र पत्रकार शालिकराम कोइरालामाथि गरेको अमर्यादित व्यवहारप्रति क्रान्तिकारी पत्रकार महासंघको गम्भिर रुपमा ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष इन्द्र राउतले जारी गरेको वक्तव्यमा समाचारको विषयमा चित्त नबुझे उजुरी गर्ने निकायहरु हुँदाहुँदै कावासोतीका कृष्ण गिरीको नेतृत्वमा रहेको ट्याक्टर उपसमितिले पत्रकारद्वयप्रति गरेको अभद्र व्यवहारको तीव्र निन्दा एवम् भत्र्सना गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “समाचार लेखेर नदी दोहन गर्ने ट्याक्टर उपसमितिको सुराकी गरेको आरोप लगाउँदै निज पत्रकारहरुको खेत नजोत्न ट्याक्टर व्यवसायीहरुलाई उर्दी जारी गर्नु उपसमितिका संयोजक गिरी लगायतको गतिविधि अराजकता र दण्डहिनताको अभिव्यक्ति हो । यस्तो कार्यमा संलग्नहरुलाई कानुनी दायरामा ल्याई कारबाही गर्न हाम्रो संगठन सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।”

moolbato

You might also like