हास्य कलाकार ‘जिग्री’ ओलीविरुद्ध झापा- ५ बाट चुनाव लड्ने

0

  जिग्रीको नामले चिनिने हास्य कलाकार कुमार कट्टेलले प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने सोच रहेको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमा भाइरल पोस्टरका बारेमा बोल्दै आधिकारिक घोषणा नभए पनि उम्मेदवारी दिने सम्भावना धेरै रहेको बताएका हुन्।

यतिबेला कुमारले झापा क्षेत्र नम्बर ५ बाट मंसिरमा हुने चुनाव लड्ने भनेर उल्लेख गरिएको पोस्टर भाइरल भएको छ।

चुनाव लड्ने कुरा छलफल जारी रहँदा नै साथीहरूले पोस्टर सार्वजनिक गरिदिएको उनले बताएका छन्। झापा क्षेत्र नम्बर ५ पूर्व-प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको क्षेत्र हो।

सोही क्षेत्रका मतदातासमेत रहेका कुमारले स्वतन्त्रबाट उम्मेदवारी दिने र जनतासँग मिलेर काम गर्ने इच्छा रहेको बताए। चुनाव नजिकिएका कारण छलफल सकिएपछि छिट्टै आधिकारिक घोषणा पनि गरिने उनले बताए।

उनको लेखन तथा अभिनय रहेको टेलिशृंखला ‘सक्किगोनी’ चर्चित छ।  khabardabali

You might also like