दाङमा खेत जोत्ने क्रममा करेन्ट लागेर मृत्यु
दाङमा खेत जोत्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । शनिबार साँझ तुलसीपुर उपमहानगरपालिका–१५, कोठरी बस्ने ५४ वर्षीय चित्रबहादुर विकको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै खेत जोत्ने क्रममा खेतमा लत्रिएको तारबाट करेन्ट लागेर अशक्त भएका उनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बाह्रखरी