रामग्राम ४ जितपुरमा फुड बैंक सन्चालन

0

लकडाउन अर्थात बन्दाबन्दिका कारण दैनिक छाक टार्न समस्यामा परेका मजदुर तथा अति बिपन्न बर्गहरुलाई लक्षित गरि युवा समाजसेवि, बुद्धिजिवी, उधोगी, ब्यापारीहरुको पहलमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं.४ जितपुरमा फुड बैंक सन्चालनमा ल्याइएको छ । जितपुर युवा समहुको आयोजना तथा विभिन्न सहयोगि दाताहरूको सहयोगमा फुड बैंकको आज एक कार्यक्रमका बिच सुभारम्भ गरिएको हो । जितपुर युवा समहुका अध्यक्ष लक्षमण यादवको अध्यक्षता तथा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताको प्रमुख आतिथ्यता र पुर्ब सांसद चिनक कुर्मीको बिशिष्ट अतिथ्यतामा फुड बैंक उदघाटन कार्य सुभारम्भ भएको थियो ।
फुड बैंक उद्घाटन गर्दै नगरपालिका प्रमुख गुप्ताले हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं भन्ने मुल नाराका साथ संचालित फुड बैंकबाट बन्दाबन्दिका कारण दैनिक छाक टार्न समस्यामा परेका मजदुर तथा अति बिपन्न बर्गहरु लाभान्वित हुने अपेक्षा गर्नुभयो । उहाले गरिब ,असहाय , असक्त ,अनाथ बालबालिका र अपाङ्गता भएका ब्यक्तिहरुलाई रामग्राम नगरपालिकाले सधै सहयोग गर्दै आएको र जितपुर युवा समुहले फुड वैंक स्थापना गरेर पालिका भित्र उदाहरणिय काम गरेकोमा रामग्राम नगरपालिका सदैव सहयोगका लागि तयार रहने र आगामि दिनमा अझ कृयाशिल भई सामाजिक कार्यमा लाग्न आग्रह गर्नुभयो । सो फुड बैंक स्थापना संगै पहिलो दिन प्रत्क्षय रुपमा २० घरधुरी लाभान्वित भएका छन।…Radio sunol

You might also like